७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको थप दुई स्थानमा ट्राफिक बत्ती

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको थप दुई स्थानमा आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन सो बत्ती सञ्चालनमा ल्याइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिका वडा नं १ को समन्वयमा कमलपोखरीस्थित ल्होत्से चोकमा र महानगरको वडा नं ५ सँगको सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि) ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको अन्य स्थानमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक बत्ती जडान गर्न पहल भईरहेको जानकारी दिए । पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ ।

अहिले कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाइला, बौद्ध, ग्रान्डी चोकलगायतका ११ स्थानमा ट्राफिक बत्ती जडान जारी रहेको जनाइएको छ । उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक बत्ती जडानको पहल भइरहेको महाशाखाले जनाएको छ । सञ्चालनमा आएका ट्राफिक बत्तीको सङ्केत पूर्णपालना गर्न महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत नौ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टङ्केश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल चोकलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस