११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्वारेन्टिन राखेका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी’

अ+ अ-

तुलसीपुर । सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका विद्यालयमा भने विद्यार्थी भर्ना हुन हिच्किचाइरहेका छन् । क्वारेन्टिन भएका विद्यालयमा निर्मलीकरण गरिएको भए पनि अभिभावक तथा विद्यार्थीहरु हिच्किकाउने गरेको मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताए ।

लामो समयको बन्दाबन्दी हुनु र जेठ १० गतेदेखि विद्यालयमा क्वारेन्टिन बनाएको हुँदा विद्यालयमा भर्ना हुने सङ्ख्यामा पनि कमी आएको उनको भनाइ छ । ‘यो समयमा १५/१६ सय विद्यार्थी भर्ना हुनुपर्ने हो तर अहिले जम्मा ६/७ सय मात्रै विद्यार्थी भर्ना भएका छन्’, उनले भने ।

विद्यालयमा निर्मलीकरण गरिएकाले कुनै पनि जोखिम नहुने भन्दै यस विषयमा विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरेको भए पनि विश्वासको वातावरण बन्न नसकेको जनता सँस्कृत मावि बिजौरीका प्रधानाध्यापक पद्मबहादुर रावतले बताए ।’हामीले विद्यार्थीको घरघरमा गएर भर्ना गरिरहेका छौँ’, उनले भने, ‘अभिभावकहरुले क्वारेन्टिन भएको विद्यालयमा भर्ना गर्न असहज मान्नुहुन्छ ।’

त्यस्तै गुरुजजुर मावि तुलसीपुरमा पनि क्वारेन्टिन बनाइएको थियो । त्यहाँ पनि भर्ना हुन समस्या भएको छ । सबैले क्वारेन्टिन राखेका विद्यालयमा कोरोना सर्ने त्रास हुन्छ भनी गाउँमा हल्ला गर्ने गरेको भए पनि आफूले भने निर्मलीकरण गरेकाले कुनै समस्या नहुने भनी सबैलाई बुझाउने गरेको मावि सेन्टरकी छात्रा सरिता भण्डारीले बताइन् ।  लामो समय विद्यालय जान नपाउँदा विद्यार्थीको सिर्जनशीलतामा वृद्धि नभएको उनले गुनासो गरेको छन् ।

तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा भर्ना भए पनि टोल–टोलमा गएर सामाजिक दूरी कायम गरेर पढाउने नीति अघि बढाएको छ । सोहीअनुसार विद्यालयले गतिविधि अघि बढाएका छन् । जिल्लाका क्वारेन्टिन भएका अधिकांस विद्यालयलाई खाली गरी निर्मलीकरण गरिएको छ ।

अहिले क्वारेन्टिमा बस्नेको सङ्ख्यामा कमी आएको र सबैलाई एकै ठाउँमा राख्दा खर्च पनि कम हुने भएकाले एकै स्थानमा राखिने र विद्यालयलाई भने खाली गरिएको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले बताए ।

कुनै विद्यालयमा विद्यार्थी कम छन्, भने एउटा बेन्चमा एउटा विद्यार्थी राखेर पठन–पाठन गराउन सकिने र बढी विद्यार्थी भएकामा टोल–टोलमा गएर पढाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस