९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडी जिल्ला प्रशासनद्वारा बारअनुसारको सेवा

अ+ अ-

बैतडी । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ ।

फरक पालिकाअनुसार नागरिकलाई असोज १ गतेदेखि फरकफरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिनेछ भने मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने जनाइएको छ ।

पुर्चौडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय हाताबाटै नियमितरूपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिने जनाइएको छ । नेपाली नागरिकता प्रमाणपत्रबाहेक अन्य सेवा भने सबै पालिकाका नागरिकलाई हप्ताको छ दिन नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।

यस्तै जिल्लामा सङ्घीय सरकारको निर्णयानुसार अहिलेका लागि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने दिने तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्यरूपमा पालना गर्ने गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

उनले भने, ‘मास्क नलगाई हिँड्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड नपाउनेलाई भने कानूनअनुसार कारवाही हुनेछ ।’ गत भदौ ८ गतदेखि जारी निषेधाज्ञा भदौ ३१ मा सकिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस