१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा पाक्न थाल्यो जुम्ली मार्सी धान

अ+ अ-

खलङ्गा । जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान यतिबेला यहाँका खेतमा पाक्न थालेको छ ।

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान खेतमा पाकेको छ ।

यहाँ फलेको जुम्ली मार्सी धानबाट उत्पादनहुने चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा विक्री हुने गरेको कालीमार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष कलिमान महताराले बताए । उनले भने,’काली मार्सी धानको संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले किसानलाई विभिन्न राहतका कार्यक्रम ल्याउन आवश्यक छ ।’ हाल विभिन्न रोग तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएको किसानहरु बताउँछन् ।

स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ । राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुराउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धान भित्र्याएको विश्वास गरिन्छ ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । जिल्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताए । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुने गरेको यहाँका जानकार बताउँछन् । निकै पोषिलो र अत्याधिक कार्बोहाइड्रेट भएको काली मार्सी स्वास्थ्यवर्धक पनि मानिन्छ ।

मार्सी धानको चामल खैरो रङको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।

लामो समयदेखि जुम्लाबाट काली मार्सी चामल ल्याई काठमाडौँमा व्यापार गर्दै आएका जुम्लाका व्यापारी लालबहादुर रोकायाले कोरोनाले देश लकडाउन हुँदा व्यवसायमा सकस भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस