८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीमा बिओपी राख्न सशस्त्रलाई पाँच कट्ठा जग्गा दान

अ+ अ-

कञ्चनपुर । महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गरेका छन् ।

उनले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोष्ट राख्न दान गरेका हुन् ।

सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग पुगाउन जग्गा दान गरिएको उनले बताए । ‘सशस्त्र प्रहरी यहाँ सीमा सुरक्षाका लागि आएको छ । उहाँहरुलाई सहयोग गर्न हामी सबैको दायित्व हो’, समाजसेवी बस्नेतले भने, ‘सशस्त्रलाई भवन लगायतका संरचना बनाउन सहज होस् भनेर जग्गा सहयोग गरेका छौँ ।’

उनले महाकाली नगरपालिकाप्रमुख वीरबहादुर सुनार, नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१० का अध्यक्ष नरबहादुर सुनार लगायतको रोहवरमा जग्गाको मञ्जुरिनामा दिएका हुन् ।

दोधारा चाँदनी क्षेत्रमा बस्दै आएको बस्नेत परिवारले यसअघि पनि महाकाली– १० कै हरिओम आधारभूत विद्यालयलाई चार कट्ठा जग्गा दान गरेका थिए ।

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई जग्गा सहयोग गर्न बस्नेत परिवारसहित दोधारा चाँदनीका सबै बासिन्दाका लागि गर्वको विषय भएको नगर प्रमुख सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस