६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा पूर्वाधार विकास कार्यालयबाटै यातायातका सेवा

अ+ अ-

लमजुङ । पहाडी जिल्ला लमजुङवासीले अब यातायातसम्बन्धी काम जिल्लाबाटै पाउने भएका छन् ।

गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटलगायत कार्य अब जिल्लाको पूर्वाधार विकास कार्यालयबाटै हुने भएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नै कार्यालयको एक्सन रुमबाट लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरे ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले स्कुटरको ब्लुबुक नवीकरण गर्न गएका पहिलो सेवाग्राही बेसीसहर–८ का यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरे ।

अब जिल्लाका पूर्वाधार विकास कार्यालयबाट ब्लुबुक नवीकरण, सवारी साधन कर सङ्कलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । लमजुङमा अब सवारी चालक अनुमति पत्र र नयाँ गाडीको दर्ता बाहेक सबै काम हुने प्रमुख गिरीको भनाइ छ ।

यसअघि पोखराको कास्की, बागलुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध थिए । गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेको हो । यो थप सेवाले यातायात व्यवसायीलाई थप सहज र उत्साहीत बनाएको छ । जिल्लावासीले यातयात सेवाका लागि पोखरा धाउनुपर्ने बाध्यता हटेपछि उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस