९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियनको चुनाव बहिष्कार किन नगर्ने

अ+ अ-

विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरसको बढ्दो प्रभावका बिचमा हुन लागेको कर्मचारीहरूको आधिकारीका ट्रेड यूनिनहरुको चुनावमा किन सहभागिता जनाउने प्रश्न गरौँ । कसैलाई नेता बनाउन र उनका लालचा पुरा गराउने काममा आम कर्मचारी किन लाग्ने कर्मचारी भन्दा राजनीतिक नेताका बफादार रहने हरूलाई नेता बनाएर कर्मचारी किन महरा बन्ने । कर्मचारीहरूको हक हित रक्षा गर्न नसक्ने संस्थाको चुनाव बहिष्कार गरौँ ।विगतको समीक्षा गरौँ संघ सङ्गठन र आधिकारिक ट्रेड युनियनका कामको मूल्याङकन गरौँ । तिनको समीक्षा पछि भनौँ यो चुनाव किन बहिष्कार नगर्ने प्रश्न गरौँ ।

नजिकिँदै गरेको कर्मचारीहरूको चुनाव केकालागि भनेर सोध्ने हो भने ठ्याक्कै उत्तर प्राप्त गर्न कठिन छ । भन्नत कर्मचारीको हक हितका लागि सङ्गठन चाहिन्छ भन्नेहरूको कमी छैन । तर राजनीतिक दलका भातृ संस्थाका रूपमा रहेका संघ सङ्गठनहरूले कर्मचारीको भलाई र हित भन्दा पार्टी चाकरी गर्ने र आफ्नो व्यक्तिगत स्वेच्छाचारिता पुरा गराउने बाहेक अरू केही काम गरेको प्रमाण खासै छैन होला ।

संघ सङ्गठनका नेता भएर आफ्नो र आफ्नो हित समूहको फाइदा बाहेक अरू कुनै उल्लेखनीय काम गरेको कहीँ कतै पाइँदैन । भन्नत कर्मचारीका नेताहरूले भन्ने गरेका छन्, व्यवस्था परिवर्तनमा हामीले सहयोग गरेका छौ । यो ठिक मान्न सकिँदैन कर्मचारी भनेको राज्य व्यवस्थाको मूल मियो हो । जुन सुकै शासन व्यवस्थामा पनि आफ्नो कानुनले दिएको जिम्मेवारी निभाउने प्रमुख दायित्व कर्मचारीको हो । तर कानुनले दिएको मूल जिम्मेवारी बाहेक अरू सबै काम कर्मचारी संघ सङ्गठनका नाममा हुँदै आएका छन्

कर्मचारी संघ सङ्गठनले आम कर्मचारी वर्गको हितलाई प्रमुख मुद्दा बनाएको देखिँदैन । राज्यसँग बार्गेनिङ गर्ने आफ्नो हित पुरा भएपछि सहमति गरी आम कर्मचारीको आवाज नबोल्ने यिनको चरित्र रहेको देखिन्छ । पिर मर्कामा परेका कर्मचारीको हितलाई यिनले कहिल्यै प्राथमिकता दिएका छैनन् । दूर दराजमा लामो समय देखि काम गर्ने कर्मचारीको भावनामा माथि खेलबाड भई रहेको छ ।

कर्मचारीहरूको सङ्गठन नै ट्रेड युनियन नामाकरण हुनुले यसको उद्देश्य नै मिलेको देखिँदैन । नागरिकलाई सेवा गर्ने जनताको भलाइको लागि काम गर्ने सेवामुखी पेसाका राष्ट्र सेवकको सङ्गठनमा ट्रेड युनियन नामाकरण हुनुले यसको मर्ममा सेवा भाव देखिँदैन। व्यापारीहरूको सङ्गठन जस्तो आधिकारिक ट्रेड युनियन नामाकरण हुनुले यस प्रतिको जनताको नजर नै साँच्चिकै राष्ट्र सेवक नभर ट्रेड कर्ताको रूपमा बुझ्दै आएका छन् ।

नेता भएपछि झन् बढी काम गर्ने र बाटो देखाउनु पर्ने मा सङ्गठनका नेता तथा ट्रेड युनियनका नेताहरूको सरुवा नहुने सुविधा प्राप्त गर्ने तथा काम पनि गर्नु नपर्ने पाखण्डी व्यवस्थाले गर्दा संघ सङ्गठन प्रतिको नजरिया नकारात्मक हुन पुगेको छ । साँच्चै अगुवा भएको भए काम नगरी सेवा सुबुधा लिने कुराको विरोध गर्न सक्नु पर्थ्यो । काम नगरी सेवा सुविधा मात्र लिन खोज्ने भएकोले भष्ट्रचारलाई प्रशय दिएको जस्तो देखिन्छ ।

सदरमुकाम र राजधानीमा बसेर सम्पूर्ण कर्मचारीको मसिया हुय भन्नेहरूले दूर दराजमा लामो समय देखि पीडा मा काम गरेका कर्मचारीको भावनाको प्रतिनिधित्व गर्न सकेको देखिँदैन । जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने कर्मचारीको पीडामा मलम लगाउने कोही छैन । पहिलो पङ्तिमा बसेर सेवा दिने कर्मचारीले कुटाई खादा दु:ख पर्दा बढीमा गर्ने भनेको विज्ञप्ति निकाल्नु हो । तिनका घाउमा मलम लगाउन सकेको देखिँदैन ।

संघीयताको कार्यान्वयनमा पहुँच र शक्ति नहुने निमुखा कर्मचारी पिल्सिँदा उनको आड भरोसा कोही हुन सकेन। विधि र थिति बिना समायोजनको डण्डा चलाउँदा कसैले बोलेन । आधिकारिक ट्रेड यूनि पनि चुप लागेर दुलामा बसिरह्यो । जुन समायोजनको लफडा आजका दिन सम्म समाधान हुन सकेको छैन । त्यतातिर ध्यान दिन कसैले सकेका छैनन् । कर्मचारीका पिरमर्का सुनिदिने कोही छैन ।

स्थानीय देखि संघसम्म कर्मचारीले अनाहकमा ज्यान समेत फाल्नु परेको छ । कुटाई खाने कुरा त सामान्य भई सक्यो यो विषयमा खै नेता कर्मचारीहरूले दृढता पूर्वक बोलेको कतै देखिँदैन । कर्मचारीका हक हितका लागि खै आवाज उठाएको । आम कर्मचारीले खोजेको ट्रेड युनियन आफ्नै सेवा सुविधा बढाउने खाल को नभई आम कर्मचारीको भावना बोक्ने हो ।

ऐन कानुन निर्माणको चरणमा रहेको बेलामा सबै कर्मचारीले असहमति जनाउँदा जनाउँदै राजनीतिको चेपुवामा बन्न लागेको ऐनको सवालमा कर्मचारीका नेताले कुनै प्रतिक्रिया देखाएको देखिएन ।आम कर्मचारीले विरोध गर्दा नक्कली आँखा खोली तिनको चरम उत्कर्षमा पुग्न लागेको सफलताको वेगलाई रातारात कुत्सियत मनसायले असफल बनाउन लाग्ने संस्थाबाट कर्मचारीले के आस गर्ने ।

औचित्य हीन ट्रेड युनियनको चुनावमा सहभागी हुनु भन्दा कर्मचारीहरूले यो चुनाव बहिस्कार गर्नु नै हित कर हुने देखिन्छ । कर्मचारीको भावना बोक्न नसक्ने खाली सरुवा बढुवा मा ध्यान दिने संघ संघठनको खारेजीको माग राख्ने हो भने नै प्रशासन संयन्त्र ले सही दिशा लिन सक्छ । व्यापारीहरूको सङ्गठन जस्तो ट्रेड युनियन हामीलाई आवश्यक छैन भन्न अब विलम्ब गर्नु हुन्न ।राजनीतिक दलका झण्डा बोक्ने कर्मचारीको भावना माथि खेलवाड गर्ने दलाली कर्मचारी सङ्गठन हामीलाई आवश्यक छैन भनी यसका विपक्षमा मत जाहेर गर्ने माहोल निर्माण गरौँ ।कर्मचारीको टाउकोमा टेकी शोषण गर्ने कर्मचारी संघ सङ्गठन हामीलाई आवश्यक छैन ।

कर्मचारी संघ सङ्गठले विगतमा गरेका कार्यले सङ्केत गरी सकेको छ । यी भनेका राजनितक दलका झोला बोक्नेहरूबाट आम कर्मचारीले कुनै खालको न्याय पाउन सक्दैनन् । कर्मचारीको सङ्ख्या देखाई आफ्नो दुनो सोझ्याउने खेलमा लाग्ने हरूलाई चिनेर चुनाव बहिस्कार गर्न तिर लाग्नु नै कर्मचारीको हितमा हुने छ ।

महामारीले विश्व आतङ्कित भई रहेको बेला हुन लागेको यो चुनाव खास गरी कर्मचारीको भन्दा ट्रेड कर्मी हरूको भएकोले वास्तविक कर्मचारीको भावना यसले बोक्न सक्दैन । त्यसैले औचित्य हीन चुनाव बहिष्कार गरौँ । विगतमा भएको चुनावको परिणामले देखाई सकेको छ कि ट्रेड युनियनले कर्मचारीको भावनाको कदर गर्न सक्दैन कर्मचारीको काम गर्न कर्मचारीकै सङ्गठन चाहिन्छ व्यापरीहरुको जस्तो लालची संस्था होइन ।

आम कर्मचारीको भावना बोक्न नसक्ने, ऐन कानुनको अधिकारको रक्षा गर्न नसक्ने, कर्मचारीका कुरा राजनीतिक नेता समक्ष राख्न नसक्ने, संस्थाको लागि राज्य स्रोतको दोहन गर्नु भन्दा यो संस्था नभएकै बेस । त्यसैले सबैले एकै स्वरमा भनौँ कर्मचारीको हित रक्षा गर्न नसक्ने नालायक संस्था हामीलाई चाहिँदैन । त्यसैले अबको आधिकारिक ट्रेड युनियनको चुनाव बहिस्कार किन नगर्ने ।

प्रतिक्रिया दिनुहोस