१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाका सहायक सिडिओलाई २४ घण्टे स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ) दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ ।

चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधवार २४ घण्टे स्पष्टीकरण सोधेको गृह स्रोतले जानकारी दिएको छ ।

‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिई के कति कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ गृहले पठाएको पत्रको ब्यहोरा उल्लेख गर्दै स्रोतले भन्यो ।

दुई साताअघि सहायक प्रजिअ हमाल नेतृत्वको टोली नेपाल-चीन सिमाना नाम्खा गाउँपालिका-६, लाप्चाक्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेको थियो । सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरू र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेस गरेका थिए ।

उक्त प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाइएको थियो । सोही प्रतिवेदनको आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा अनुगमन र हराएको भनिएको सिम स्तम्भ खोज्न नाकामा गएको छ ।

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन-प्रसारण गरेपछि काठमाडौँमा चीनविरुद्ध प्रदर्शन समेत भएको थियो । यसले गर्दा दुई देशबिचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको बुझिएको छ ।

असोज ३ गते शनिवार सीमातर्फ गएको अनुगमन टोली अझै सदरमुकाम फर्किएको छैन । तर घटनास्थलको वास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो ।

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बुधवारको नियमित पत्रकार सम्मेलनमा हुम्लामा चीनले सीमा अतिक्रमण नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस