१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु

अ+ अ-

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी काम शुरु गरिएको हो ।

सङ्कलन गरिएको विवरण प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समन्वय प्रमुख कार्कीलाई हस्तान्तरण गर्दै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको जनाए । प्रजिअ पोखरेलले यो अभियान निरन्तर रहने बताए । उनले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे ।

पहिलो दिन बिहीबार दार्चुलाका मार्मा, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका गरी थप छ जनाको विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण सङ्कलन गर्ने प्रजिअ पोखरेलले बताए । सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ ।

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न छ महिना लाग्ने प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस