१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

अ+ अ-

सिकागो । कोरोना भाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाका बारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ ।

सर्वेक्षणमा अमेरिकाभरीका २१ हजार जना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो ।

सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये झण्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए ।

अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको संजाल मार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए ।

त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये चार प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमुलक अनलाईन, एप्स, सामुदायिक पत्रिका लगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए । सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयु) को वेभसाइटमा बुधबारदेखि राखिएको छ ।

‘सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको छ’ एनयुको राजनीति शास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भने ।

अध्ययनकर्ताहरुका अनुसार तुलनात्मक रुपमा बृद्ध व्यक्तिभन्दा ४५ बर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ ।

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगका बीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ । गलत सूचनाको शिकार भएका ११ जना मध्ये आठ जनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस