८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिवको पुलिस मोह, गौँडा गौँडामा तैनाथी

अ+ अ-

काठमाडौँ । मर्निङ वाक गर्दा बाटो काट्यो भनेर पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीले एक पुलिसकै सरुवा गरेको घटना धेरै भएको छैन । सोही अड्डाको स्वाद चाखेर आएका गृह सचिव महेश्वर न्यौपानेलाई अहिले खुब पुलिसको भोक चढेको छ । गृह मन्त्रालयको गौँडा गौँडामा राखिएका पुलिसहरू देखेर विलासी राणाहरूको झझल्को देख्न थालेका गृह पुग्नेहरू !

देशको शान्ति सुरक्षा हेर्ने निकायका हिसाबले मुख्य गेटमा सोधपुछका लागि प्रहरी खटाउनु ठुलो कुरा होइन तर पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालय र मुख्यसचिवकै भन्दा बढी सौकात देखिएको छ सचिव न्यौपानेकोमा । उनकै मन्त्री रामबहादुर थापा बादलको पुग्न मुख्य गेटबाट भित्र पसेपछि ढोकामा सोधपुछ हुन्छ र उनीसम्म पुग्न सकिन्छ तर गृह सचिव न्यौपानेकोमा पुग्न तीन वटा गौँडा पार गर्नुपर्छ ।

यसअघि मूल गेट र सचिवालयमा गरी दुई ठाउँमा सोधपुछका लागि पुलिसको डिउटी रहँदै आएकोमा अहिले भुईतलामासमेत गरी थप पुलिसको गौँडा खडा गरिएको छ । जसले उत्तिकै मान्यता र हैसियत राख्ने अन्य सरकारी परिचयपत्रधारी कर्मचारी मात्रै होइन, गृह र मन्त्रीकै सचिवालयका कर्मचारीलाईसमेत चिन्दैनन् । ‘कहाँ जाने ? अलि पर उभिनुस्, गृह सचिव मिटिङमा हुनुहुन्छ, माथि जान पाउनुहुन्न’ गौडामा तैनाथ ती पुलिसको रेडिमेट भनाई रहन्छ ।

‘यो त अलि धेरै नै भयो कि भन्ने हामीलाई पनि लागेको हो’, गृहकै एक उच्च अधिकारीले प्रशासनसँग भने, ‘शान्ति सुरक्षाका हिसाबले अन्य मन्त्रालयभन्दा महत्त्वपूर्ण हो तर यसभन्दा अघि पनि कैयन् काबिल सचिवहरू आएर गए, यति सारो थिएन ।’ ती अधिकारीकै भनाई मान्ने हो भने पनि पहिलो तल्लामा मात्रै होइन, उनको कार्यकक्षमा जान मात्र होइन, पहिलो तल्ला नै उक्लिन पनि सास्ती खेप्नु परिरहेको छ ।

त्यति मात्रै होइन, कतिपय कोठाको ढोकामै बार लगाइएको छ भने कतिपय ढोकाहरू स्टिकर नै टासेर डोरी झुन्ड्याएरै रोक लगाइएको छ । सरकार आफैले यसअघि आलोपालो गरी सञ्चालन गरिएका कार्यालय पूर्णरुपमा सुचारु गरिसकेको छ । गृह मन्त्रालय भन्दा अझ बढी कामको चाप र महत्त्वका अन्य मन्त्रालयहरूमा सुरक्षा सतर्कता अपनाउँदै कर्मचारीले यसअघि झैँ आफ्नो काम गरिरहेका छन् तर गृहलाई भने कोरोना बहाना बनेको छ । बार चाहिएको छ ।

यसबारे सचिव न्यौपानेलाई बुझ्न खोज्दा उनको मोबाइल अफ थियो । मन्त्रालयका प्रवक्ता चक्र बुढासँग बुझ्दा उनले कोरोना कारण देखाए ।

कामकै लागि आउनेहरुलाई पनि रोक लगाउन मिल्छ त ? भन्ने प्रश्नमा ‘कारण कोरोना नै हो तपाई कसरी बुझ्नु हुन्छ त्यो तपाईमा निर्भर रहने कुरा हो’ भने ।

जिम्मेवार पदाधिकारीले कसको बुझाई के रहने भन्दा पनि व्यवहारतः के देखिन्छ त्यो कुरामा ख्याल राख्ने कि ?

दुई दुई पटक मिर्गौला फेरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य सुरक्षा संवेदनशीलताका हिसाबले अझ बढी सतर्क सजग हुनुपर्ने हो र उमेरले पनि अझ बढी आराम चाहिनु पर्ने हो तर उनी यसअघि झैँ नियमित कामकारबाही सञ्चालन गरिरहेका छन् । भनौँ अझ बढाई रहेका छन् । किनकी महामारीमा सार्वजनिक पदधारीको पहिलो कर्तत्व राज्यका कामकारवाहीलाई निरन्तरता दिने र आम नागरिकका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहनुपर्छ । यस्तो अवस्थामा अझ बढी सक्रियता जनाउनु पर्छ ।

विपदमा सेवाग्राही र आम जनताले सास्ती खेप्नु परिरहेको चौतर्फी गुनासो सम्बोधन गर्न सरकारी संयन्त्रको भूमिका सर्वोपरि रहन्छ, जुन इमानदारीपूर्वक निर्वाह गर्न नसकेकै कारण त्यसको अपजस प्रधानमन्त्रीलाई र सरकारलाई दिइने गरेको छ । तर विश्वास पात्र भनिएकैहरुको भने कार्यशैली यस्तो छ ।

प्रतिक्रिया दिनुहोस