काठमाडौं । जलस्रोत तथा सिँचाइ विभाग, ललितपुरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई)सुरेशकुमार शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
सीडीई शर्माले पदमा रहेर भ्रष्टाचार तथा अनियमितता गरी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
निजामती सेवामा प्रवेश गरेदेखि हालसम्मको अवधिमा शर्माले ५ करोड ४१ लाख ८६ हजार ६०६ आर्जन गरेकोमा ३ करोड ६ लाख ५४ हजार ९३२ रुपैयाँको स्रोत नखुलेले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा सीडीई शर्माको सम्पत्ति श्रीमतीको नाममा पनि रहेको पाइएकोले जफतका लागि उनलाई पनि प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।
२०५२ सालदेखि ०५३ सम्म अस्थायी र ०५३ देखि हालसम्म स्थायीरुपमा निजामती सेवामा प्रवेश गरेका शर्मा हाल सिँचाइ विभागको सीडीईका रुपमा कार्यरत छन् ।