८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियन कम्पनीले नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना बनाउने 

अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ ।

त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष पेस गरेको हो । त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबिच जुममा भर्चुअल बैठकसमेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाइ भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको बताए ।

अस्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गरे । कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टोबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे। तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो ।

‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैँ गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौँ र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौँ ।’ मन्त्री पुनले अस्ट्रेलिया नेपालको असल र महत्त्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

अस्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गरे । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गरे ।

यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गरे । उनले अस्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अस्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस