६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोग्य वस्तुहरू रि-लेवलिङ गर्दै गर्दा पक्राउ पछि रिहा भएका सबै सोधपुछका लागि बोलाइए

अ+ अ-

काठमाडौँ  । म्याद नाघेका चकलेट, चिप्स, बिस्कुटलगायत वस्तुहरू रि-लेवलिङ गरेर बजारमा पठाउँदै गर्दा पक्राउ पछि रिहा भएका सबैलाई २० गते थप सोधपुछका लागि बोलाइएको छ ।

ठुलो सङ्ख्यामा स्निकर चकलेट, प्रिन्गल्स चिप्स, ओरियो बिस्कुट, ट्याङ तथा युनिलिभरका उत्पादनहरू हर्लेक्स, वोर्नभिटा, क्याडवरीलगायत उपभोग्यवस्तुहरुको लेबल मेटाई नयाँ लेबल लगाउँदै गर्दा पक्राउ परेका आयान इन्टरनेशनल र आयान डिस्ट्रिव्यूटर्सका मुख्य सञ्चालकसहित अन्य ६ जनालाई सोधपुछका लागि बोलाएको हो । विभागले नियन्त्रणमा लिएका मध्ये अनुसन्धानका आधारमा आयान इन्टरनेशनलका व्यवस्थापक रोनक बोथरालाई म्याद थप गरी ५ दिनका लागि थुनामा राखेको थियो भने मुख्य सञ्चालक पुष्पादेवी अग्रवाललाई एक करोड रुपैयाँ धरौटी लिई तारेखमा छाडिएको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, महानगरीय अपराध महाशाखा र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त अनुगमनका क्रममा कलंकीस्थित बाबुकृष्ण सापकोटाको तीन तले घरमा रहेको गोदाममा चेक जाँचका क्रममा ठुलो सङ्ख्यामा स्निकर चकलेट, प्रिन्गल्स चिप्स, ओरियो बिस्कुट, ट्याङ तथा युनिलिभरका उत्पादनहरू हर्लेक्स, वोर्नभिटा, क्याडवरीलगायत उपभोग्यवस्तुहरुमा उत्पादन मिति तथा ब्याच मेटाउँदै नयाँ लेबल लगाउँदै गर्दाको अवस्थामा फेला परेपछि उक्त भवनको ११ वटा ठाउँमा सिलबन्दी गरिएको थियो ।

म्याद नाघेका र म्याद नाघेका सामग्रीमा पुनः लेवलिङ गरी सामग्री बजार र डिपार्टमेन्ट स्टोर बिक्री वितरण भइरहेको सूचनाका आधारमा टोलीले छापा हानेको थियो । टोलीले लेबल मेटाउँदै गरेको र रिलेवलिङ गर्दैगर्दा रंगेहात नै पक्राउ गरेको थियो ।

टोलीले वाफलमा रहेको आयान डिस्ट्रिव्युटर्सको गोदाममासमेत म्याद नाघेका वस्तुहरू फेला पारेपछि सो गोदाम घर सिलबन्दी गर्नुका साथै निरीक्षणका क्रममा म्याद नाघेका सामानहरू ढुवानी गर्दै गरेको अमेजन डिस्ट्रिव्युटर्सको भाडाको सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

विभागका अनुसार आयान इन्टरनेशनलका व्यवस्थापक रोनक बोथरा पक्राउ परे पनि अर्का मुख्य मात्र फरार रहेकोले उनको खोजी भइरहेको विभागले जनाएको छ । उनीहरूले देशका विभिन्न ठाउँमा यस्ता गोदामहरू सञ्चालन गर्दै आएको र ठुलो सङ्ख्यामा यस्ता काम गरिरहेको बुझिएको छ । उनीहरूको खोजी कार्य भइरहेको र संलग्नहरूमाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ ।

अपराधिक कार्य नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका नियामक निकायहरू सक्रिय हुनुपर्ने विभागका महानिर्देशक नेत्र सुवेदीको भनाई छ । ‘सङ्घीय, प्रदेश र स्थानीय तहका नियामक निकायहरूले दैनिक खाद्य उपभोगका  वस्तुहरूप्रति साँचो राखी दिनु पर्‍यो’ महानिर्देशक सुवेदीले भने ‘यसका साथै उपभोक्ता सजग हुनेदेखि व्यवसायी जिम्मेवार हुनुपर्छ’

खासगरी म्याद नाघेका उपभोग्यवस्तुहरु विक्रिवितरण गर्ने समस्या देशव्यापी रहेकाले हरेक जिल्ला तथा स्थानीय तहले हेर्न सके मात्रै यो निराकरण भएर जाने महानिर्देशक सुवेदीले बताए ।

सहर बजारबाट म्याद सकिन लागेका वस्तुहरू हिमाली तथा पहाडी जिल्लाहरू तिर पठाउने गरेको विषय नौलो होइन, तर कतिपय अवस्थामा नियामक निकायहरू नै आँखा चिम्ली दिने तथा ठुला व्यापारी घरानासँगको मिलेमतोमा नजरअन्दाज गरिदिने गरेकै कारण यस्ता धन्दाहरू फस्टाउँदै गएका छन् । जसलाई कडाइका साथ रोक्न र संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस