१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीको किचलो

अ+ अ-

ढिलै भए पनि प्रदेश पाँचले आफ्नो प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव पेश गर्‍यो । त्यसका विरुद्ध रुपन्देहीमा विरोधको स्वर उठ्यो । प्रदेशको राजधानी नामाकरण गर्ने जिम्मा प्रदेश सभालाई छ । यस भन्दा पहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी बागमती प्रदेशले सो कार्यको लागि आफ्नो कार्य सम्पन्न गरिसकेका छन् । रुपन्देहीबाट प्रदेश राजधानी अन्यत्र सार्दा त्यहाँका बासिन्दा आक्रोशमा आउनु पनि स्वाभाविक होला तर त्यसका अन्य पाटाहरूलाई हेर्न पनि त्यतिकै जरुरी देखिन्छ ।

रुपन्देही जिल्ला आफैमा सम्पन्न छ । उक्त जिल्लाबाट नेपालको आधा भन्दा बढी क्षेत्रमा व्यापारिक प्रयोजनको लागि ढुवानी र मानिसहरूको आवत जावत हुने गर्दछ । जसका कारण पनि उक्त जिल्लाको साख अन्य कुनै पनि कारणले घटन सक्दैन । धार्मिक र पर्यटकीय हिसाबले कपिलवस्तु, पश्चिम नवलपरासी र पाल्पा जिल्लाहरू एकीकृत रूपमा विकास गर्न सकिन्छ । विश्वका अग्रदूत गौतम बुद्ध यसै क्षेत्रका हुनु र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुले पनि यस क्षेत्रको विकासको लागि प्रदेश राजधानी नभएमा शून्य हुन्छ भन्ने मनोदशा त्यति उपयुक्त देखिँदैन ।

राजधानीकै हिसाबले विश्वका अन्य मुलुकलाई हेर्यौं भने पनि प्रस्ट हुन जान्छ । क्यानडाको राजधानी ओटवा हो । जुन टोरण्टो भन्दा कम विकसित राज्यको रूपमा लिने गरिन्छ । अमेरिकाको राजधानी वासिंगटन डिसी भन्दा न्युयोर्क बढी व्यवस्थित देखिन्छ । भारत कै राजधानी दिल्ली भन्दा अन्य राज्यका राजधानी पनि कम विकसित छैनन् । बागमती प्रदेशको राजधानी काठमाडौँ उपयुक्त हुन्थ्यो होला तर हेटौँडामा रह्यो । यसले काठमाडौँको साख घटेको हो र ? अवश्य होइन ।

पुरानो ठाउँलाई मात्र सिँगार्ने र नयाँ ठाउँलाई कुनै मौका नै नदिने हो भने गणतन्त्रले आर्जेको हाम्रो अस्तित्व कहाँ पुग्ला ? मन्थन त्यता गर्नु पर्ने देखिन्छ । नेपाली जनताको मन मस्तिष्कलाई छाम्ने हो भने यति धेरै प्रदेश खोजेकै थिएनन् तर पनि भए । प्रदेशको अस्थायी राजधानी तीन तहको निर्वाचन अगाडि तोक्नै पर्ने अवस्था थियो र तत्कालीन सरकारले तोकेको हो तर त्यो अन्तिम थिएन । अहिले अन्तिम राजधानीकै नाममा असन्तुष्टि जाहेर गरिँदै छ । केही समय अगाडि सुदूर पश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया नजिकै गोदावरी तोक्दा धनगढीमा जुलुस निस्कियो भने अर्को तर्फ डोटीको दिपायलमा निस्कियो तर प्रदेश सभाले गोदावरीलाई नै निर्णय गर्‍यो ।

विगतका दिनहरूमा पनि राजधानी तोक्ने र त्यस क्षेत्रमा जुलुशहरु निस्कने र केहीले शाहदत प्राप्त गर्ने अवस्थाहरू पनि नभएका होइनन् । पूर्वी रुकुमको रुकुमकोटबाट पश्चिम रुकुमको मुसिकोटमा सदरमुकाम सार्दा दरबारको आड र रवाफमा भयो भनियो । सङ्खुवासभाको चैनपुर होस् की खाँदवारी, डोटीको सिलगढी होस की दिपायल यस्ता कार्यले समग्र क्षेत्रमा खासै प्रभाव पार्दैन । रामेछापको मन्थली होस वा कालिकोटको तिब्रीकोटबाट मान्मामा सार्दा पनि झडप भएकै हो । अर्घाखाँचीको अर्घाबाट सन्धिखर्क सदरमुकाम सारिएकै हो । यसरी हेर्दा सरकारले सदरमुकाम कहाँ राख्ने भन्ने कुरा कुन स्थानमा बस्दा प्रशासनिक कार्य गर्न सहज र पायक पर्छ भन्ने सरकारकै जिम्मामा राख्नु पर्ने हुन्छ ।

सरकारले विभिन्न तथ्य एवं व्यवहारलाई हेरेर नै यस किसिमको कार्य गर्न सक्दछ । प्युठानको खलङ्गाबाट बिजुवार क्षेत्रको रातामाटामा बडाहाकिम प्रतिमान बोहराको अगुवाइमा सदरमुकाम सारिएको थियो । पछि फेरी खलङ्गामा नै सारिएको थियो । सदरमुकाम सार्ने सम्बन्धमा तत्कालीन बडाहाकिमका दूतकारुपमा आएका व्यक्ति यस पङ्क्तिकारको घरमा बास बसेकै कारणबाट बाहिर चुकुल लगाई घरमा आगलागी गराइएको थियो सदरमुकाम सार्ने सम्बन्धमा पाएको सजाय यस पङ्क्तिकारको लागि अविस्मरणीय लाग्नु स्वाभाविकै हो । सदरमुकाम सार्दा एक दुई जना व्यक्तिहरूको लागि असर होला तर समग्र क्षेत्रको लागि नै दुर्भाग्य हुन्छ भन्नु दिवा स्वप्न हुन सक्दछ । सदरमुकाम भएकै कारण त्यस क्षेत्रको विकास कायापलट हुन्छ भन्ने मानसिकता राख्नु पनि त्यति युक्तीसंगत देखिँदैन । सदरमुकाम सार्दा केही व्यक्तिहरूको चलखेल हुन सक्दछ । त्यो चलखेल शक्तिका कारणले पनि हुन सक्दछ । व्यापारिक प्रभावले हुन सक्दछ वा केही स्थानमा राजनीतिक कारणले पनि हुन सक्दछ । यदि गलत सोच र प्रवृत्तिकै कारण त्यस्तो गरिएको हो भने त्यस्तो सोच आम नागरिकले जुनसुकै अवस्थामा पनि धराशायी बनाउन सक्दछन् । मुलुकको समग्र विकासको सम्बन्धमा राजनीतिक जोड घटाउको रूपमा हेर्नु कदापि राम्रो मानिँदैन ।

कहिले काहीँ केही भू माफियाहरूले एउटा एउटा प्रसङ्गमा समाजलाई भड्काउने पनि गर्दछन् । आफ्नो जग्गालाई केन्द्र बिन्दुमा राखेर जग्गा प्लटिङ गर्ने र त्यसैको व्यापार गर्नेहरूको लागि घाटा हुन सक्दछ तर त्यस्तो कार्यले आम नागरिकलाई फाइदा पुग्छ भन्न सकिँदैन । कुनै पनि स्थानको विकास त्यस क्षेत्रको श्रोतको परिचालन र त्यसको व्यवस्थापनबाटै हुने हो ।

मैले विभिन्न चाडबाड वा विपद्को समयमा देश विदेशका विभिन्न भौतिकरुपमा सम्पन्न स्थानबाट आफ्नो घर भन्दै फिरेको पनि देखेको छुंं । त्यस अवस्थामा उनीहरूले आफ्नो कर्म भूमिलाई चटक्क छाडेर जन्म घरमा आउँदछन् । फुसको छानो ३ महिना खान नपुग्ने सम्पत्ति भौतिक सुविधाहरू शिक्षा स्वास्थ्य आदि आधारभूत आवश्यकता नहुँदा नहुँदै पनि उसलाई आफ्नै घर राम्रो लाग्दछ । समृद्धि र विकास नभएको आफ्नै झोपडीले तानिरहेको हुन्छ । राज्यले शहरमा बस्ने भौतिकरुपमा सम्पन्नसाली भन्दा झोपडीहरूकै अवस्थालाई माथि उठाउने गरी अगाडि बढ्ने हो यसमा कसैको पनि विमति नहुन सक्दछ ।

देशको विकास राजधानीले होइन अन्य कुराले हुने हो । हाम्रो देश अपार जलश्रोतको धनी देश हो । खनिज पदार्थको धनी देश हो । १२ घण्टा दिन र १२ घण्टा रात हुने क्षेत्र हो । न्यानो र समशीतोष्ण हावापानी भएको क्षेत्र हो । दुवै छिमेकी मुलुक अरबको जनसंख्याकोबीच विश्वमा आर्थिक समृद्धिले अगाडि बढिरहेको राष्ट्रको चेपिएको मुलुक पनि हो । यस प्रकारको स्वर्णिम अवस्थालाई आफ्नो देशको पक्षमा अगाडि बढाउन नसक्नु हाम्रो कमजोरी हो ।

देशको विकास सरकारको मुख ताकेर मात्र हुँदैन भन्ने यथार्थ विश्वका अन्य मुलुकहरूलाई हेर्दा पनि थाहा हुन्छ । अमेरिका होस् वा क्यानडा, जापान होस् वा सिंगापुर त्यस देशका नागरिकहरू आफ्नो कार्यलाई नै बढी प्राथमिकता दिने गर्दछन् जसले देश विकासको लागि ठुलो महत्त्व राखेको छ ।

हाम्रा धेरैजसो कुराहरू नारामा मात्र सीमित राखिएको छ । त्यस्ता कुराहरूको योजना कार्यक्रमको बारेमा नीति निर्माण पनि नगर्ने र त्यसलाई लागूसमेत नगरेकै कारण मुलुकले आर्थिक रूपमा फड्को नमारेको हो । यो देशले फड्को मारेको भनेकै राजनीतिक फड्को हो । ७० वर्षको अवधिमा ७ वटा संविधान जारी हुनु र निरङ्कुशतन्त्रबाट गणतन्त्रसम्म आइपुग्नु मात्र भएको छ । राजनीतिलाई आफ्ना नीति कार्यक्रमको रूपमा राख्न नसकेकै कारण नागरिकले जुनसुकै निर्णय गर्दा नारा जुलुश र तोडफोड वा हिंसाप्रति प्रेरित भएका हुन् । नागरिकहरू यो अवस्थामा पुग्नु राजनीतिक अकर्मण्यता पनि हो । निर्णय गर्दा देश काल परिस्थिति भन्दा राजनीतिक अभिष्टको रूपमा गर्दा पनि आम नागरिकले नपत्याएको हुन सक्दछ यस सम्बन्धमा राजनैतिक पार्टीका नेताहरूले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक देखिएको छ । राजनैतिक भाषण भन्दा व्यवहारिक कार्यलाई आत्मसात् गर्न सकेमा वर्तमान अवस्थामा राजधानीको किचलोले पार पाउन सक्दछ ।

प्रतिक्रिया दिनुहोस