८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा दशैँ मनाउन घर जाने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

अ+ अ-

दमौली । तनहुँमा दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए ।

उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।

भेटेरीनरी अस्पतालको सेवा बन्द

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले आजदेखि सेवा बन्द गरेको छ । कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयले सेवा बन्द गरेको हो । केही दिनदेखि ज्वरो आएपछि शनिबार स्वाब परीक्षण गर्दा कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सेवा बन्द गरिएको कार्यालयका प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए । उनका अनुसार कार्यालयका कर्मचारीको स्वाब परीक्षण गरिने र रिपोर्ट आएपछि मात्रै कार्यालय सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस