८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जथाभावी पार्किङ गर्ने सवारीमा अब ‘चेन लक’

अ+ अ-

तनहुँ । नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गरेको छ ? केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिडेको छ ? यस्तो गरेको छ भने होशियार होऔं ! कारवाहीमा परिएला ।

जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालले अब ‘चेन लक’ को अवधारणा ल्याएको छ । तोकिएको ठाउँमा भन्दा बाहेक पार्किङ गर्ने सवारीलाई ‘चेन लक’ गराएर सम्बन्धित धनीलाई जरीवाना गरिएको कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

‘पार्किङलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सचेत गराउन चेन लकको अवधारणा ल्याएका हौ, जहाँपायो त्यहाँ पार्किङ गर्ने सवारी कारवाहीमा पर्छन्,’ उनले भने। उनका अनुसार निषेधित स्थानमा पार्किङ गरेको देख्नेबित्तिकै सवारी साधन चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ । त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ ।’उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिदिन्छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरुलाई रु एक हजार जरीवाना हुनेछ ।’

कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । ‘त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,’ प्रमुख रानाभाटले भने, ‘सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।’ दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने प्रहरीले विश्वास लिएको छ ।

प्रहरीले उद्योग वाणिज्य सङ्घको समन्वयमा दमौली प्रवेश गर्ने बुल्दीपुलदेखि मादीपुलसम्मको क्षेत्रलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिसकेको छ । साथै सङ्घकै सहयोगमा दमौलीका विभिन्न ठाउँमा ट्राफिक कोण समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस