१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बरन्डा’मा थन्क्याइएका सहसचिव व्यवस्थापन सुरु, मन्त्रालयमा रिक्त महाशाखा प्रमुख तोकिए

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले रिक्त महाशाखा प्रमुखमा एक अतिरिक्तका सहसचिवलाई जिम्मेवारी दिएको छ । ‘सहसचिवलाई बरन्डामा थन्क्याएर उपसचिवलाई हाकिम’ शीर्षकमा समाचार प्रकाशन भएको १० मिनेट भित्रै मन्त्रालयले विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखमा काली पराजुलीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : सहसचिवलाई बरण्डामा थन्क्याएर उपसचिवलाई हाकिम !

‘समाचार प्रकाशन भएको १० मिनेट भित्रै सचिवलगायतको बैठकले हतार हतार फाइल उठाउन लगाएर तत्कालै निर्णय गरेको छ’, गृह उच्च स्रोतले प्रशासनलाई भन्यो, ‘अन्य सहसचिवहरूको विषयमा पनि साँझसम्मै छलफल भइरहेको छ ।’

मन्त्रालय र नेतृत्वकै कार्यक्षमतामाथि प्रश्न चिन्ह खडा भएपछि हतार हतार फाइल उठाउन लगाएर सदर गरेको ती स्रोतको भनाई छ । पराजुली केही दिन अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा भएर आएका थिए । उनीसहित विभिन्न मन्त्रालय तथा कार्यालयबाट सरुवा भई आएका अन्य पाँच जना सहसचिवहरूलाई कुनै जिम्मेवारी नै नदिई ‘बरन्डा’मा थन्क्याइएको थियो । यद्यपि उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) बनाई पठाउने भनिएपछि काठमाडौँका प्रजिअ जनक राज दाहालको सरुवा भई नसकेकोले कुनै जिम्मेवारी नदिई राखिएको थियो ।

महाशाखा प्रमुख तोक्ने विषयमा पनि वरिष्ठ सहसचिवलाई प्राथमिकता दिनुपर्नेमा सोअनुसार भने नगरेको बुझिएको छ । हाल अतिरिक्तमा रहेका सहसचिवहरूमध्ये कृष्णहरि पुष्कर सबैभन्दा ज्येष्ठ सहसचिव हुन् । उनी ०६८ का सहसचिव हुन् । गृहबाटै अधिकृत प्रवेश गरेका उनले मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय तथा प्रमुख जिल्ला अधिकारीसमेत भई सकेका छन् तर प्रजिअ खटाउँदादेखि मन्त्रालयमै व्यवस्थापन गर्दासमेत ज्येष्ठलाई भन्दा कनिष्ठबाट सुरु गरिँदा कर्मचारीको मनोबल खस्किने ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस