८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका कोरोना अस्पतालमा उपचार क्षमता भन्दा बढी संक्रमित

अ+ अ-

काठमाडौँ । उपत्यकामा कोरोना विषेश अस्पतालका रुपमा निर्माण गरिएका कोभिड अस्पतालका कक्षहरु भरिभराउ हुन थालेका छन् । उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेको हो ।

बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ।

शसस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। आइसियु र अन्य बेड सबै भरिभराउ छन्। अस्पतालले यतिखेर लक्षण भएका बिरामी मात्र भर्ना गरेको छ। तर नयाँ भर्नाका लागि पुराना बिरामी डिस्चार्ज हुनुपर्ने अवस्था छ। ‘आफूभन्दा गम्भीर लक्षण भएका बिरामी देखेपछि आफैँ डिस्चार्ज भएर होम आइसोलेसनमा जान्छन्, उनीहरुको डिस्चार्ज गर्ने दिन बाँकी नै रहेको हुन्छ,’ अस्पतालका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले भने।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ का बिरामीका लागि रहेका १ सय २९ वेड र २१ वटा आइसियु पनि भरिभराउ छन्। भर्ना भएका मध्येमा ६० प्रतिशत अक्सिजन चाहिने अवस्थाका रहेको अस्पतालका कोभिड-१९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। अस्पतालमा यतिखेर गम्भीर बिरामीको लागि आइसियु अपुग भइरहेको डा।.पाण्डेले जानकारी दिए।

कोभिड-१९ को लागि २ सय बिरामीको व्यवस्थापन गर्ने योजना भए पनि वीर अस्पतालले अहिलेसम्म १ सय २५ वेड मात्रै सञ्चालनमा छ। यीमध्येमा १० वटा आइसियु सञ्चालनमा छन्। सञ्चालनमा भएका सबै बेड भरिभराउ रहेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । सरकारले वीर अस्पताललाई २ सय बेडको कोभिड अस्पताल बनाउने भने पनि जनशक्ति व्यवस्थापन नहुँदा सबै बेड सञ्चालनमा आउन नसकेको अस्पतालका कोडिभ उपचार संयोजक डा. विद्यानिधि पौडेलले बताए।

यस्तै शिक्षण अस्पतालमा पनि कोभिडका लागि १ सय २६ बेड छन्। तीमध्ये १ सय ३ वटा भरिइसकेका छन्। बाँकी २३ वटा शंकास्पद र आकस्मिकतथा बालबालिकाको लागि छुट्टयाइएका हुन्। भर्ना भएका सबै बिरामी गम्भीर प्रकृतिका रहेको अस्पतालका कोडिभ सम्पर्क व्यक्ति डा. सवीन थपलियाले बताए।

कोभिडका मात्र बिरामी उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि बेड खाली नरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । भर्ना भएकामध्ये ५० प्रतिशत गम्भीर लक्षण भएका रहेको उनले बताए। यो अस्पतालमा कोभिड १९ को लागि २० आइसियु र ३० बेड छन्। ‘दिनमा दुई/तीन जना डिस्चार्ज हुन्छन्, तुरुन्त भरिन्छन्,’ उनले भने।

राजधानीका मुख्य कोभिड अस्पतालहरु भरिएपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङकै क्रममा व्यवस्थापनमा चुनौती थपिएको जनाउँदै सबै निजी तथा सरकारी अस्पताललाई कोभिड १९ को उपचार गर्न अनुरोध गरे। ‘काठमाडौं उपत्यकामा चुनौती बढेको अवस्था छ, यही दरमा संक्रमण बढेमा बिरामीको भार थेग्न सकिँदैन,’ प्रवक्ता गौमतले भने। नेपालमा २५ हजार सक्रिय संक्रमितको उपचार गर्ने क्षमता रहेकोमा बुधबार यो संख्या २५ हजार नाघेको छ।

प्रतिक्रिया दिनुहोस