१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छ : विश्व बैंक

अ+ अ-

वासिङ्टन । कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ ।

कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैंकले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो संख्याका कामदारहरुले रोजगारी गुमाउने र लाखौं मानिस गरिबीको दुश्चक्रमा पर्ने बैंकको भनाई छ ।

विगत पाँच वर्षदेखि वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दक्षिण एसियाको अर्थतन्त्र कोरोना भाइरसका कारण यसअघि ७।७ प्रतिशत खुम्चने अनुमान गरिएको थियो ।

क्षेत्रीय वृद्धि सन् २०२१ मा ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । तर कोभिड–१९ ले पु–याएको क्षतिलाई ४।५ प्रतिशतको आर्थिक वृद्धिले सम्बोधन गर्न निकै कठिन हुनेछ ।

विगतका आर्थिक मन्दीमा पनि लगानी र निर्यातमा हुने गरेका कमीले अर्थतन्त्रमा संकट निम्त्याउने गरेका थिए । यस पटक भने परिस्थिति भिन्न छ । वैयक्तिक उपभोग्य सूचकांकमा पनि १० प्रतिशतभन्दा बढीले कमी आउने देखिएको छ ।

केही मुलुकमा विप्रेषणको आयमा पनि कमी आउने र त्यसबाट जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ ।

विश्व बैंकका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टवीजले कोभिड–१९ का कारण संकटमा परेको दक्षिण एसियाको अर्थतन्त्रका कारण साना व्यवसाय र अनौपचारिक क्षेत्रका कामदारमाथि ठूलो समस्या खडा भएको बताए । उनले रोजगारी गुम्ने र आम्दानी घट्ने समस्याबाट आम मजदूरहरु पीडित हुने पनि बताए ।

श्री हार्टवीजले सरकारले आफूसँग रहेको सीमित स्रोत साधनलाई बुद्धिमत्तापूर्वक उपयोग गर्नुपर्नेमा जोड दिए ।

दक्षिण एसियाका कूल मजदूरमध्ये खासगरी पर्यटन, खुद्रा व्यापार र यातायात क्षेत्रका मजदूर सबैभन्दा ठूलो समस्यामा रहेका अध्ययनले देखाएको छ । गरिबीमा पिल्सिएका जनताले खाद्यान्नको बढ्दो मूल्यको सामना गर्नु परेको छ ।

सानो संख्याका अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले मात्र सामाजिक बीमामा पहुँच बनाएका छन् वा उनीहरुसँग सानोतिनो बचत रकम रहेको वा वित्तीय संस्थासँग पहुँच छ । विश्व बैंकको प्रतिवेदनमा सरकारहरुले सबैलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै अधिकाधिक उत्पादकत्व, सीप विकास र मानव पुँजी निर्माणमा सरकारहरुले ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।

आर्थिक पुनरुत्थानलाई गति दिन सरकारहरुले अन्तर्राष्ट्रिय र स्वदेशी लगानी जुटाउनु पर्ने बैंकको भनाई छ ।

दिर्घकालीन रुपमा डिजिटल प्रविधिले अनौपचारिक क्षेत्रका कामदारका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने, दक्षिण एसियालाई बढी प्रतिस्पर्धी बनाउने तथा बजारसँग बढी अन्तरसम्बन्धित बनाउने पनि बैंकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस