७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति बिना भिडियोमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही

अ+ अ-

काठमाडौँ । फिल्म तथा टेलिश्रृङ्खलालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरेको छ ।

टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग हुने गरेको प्रहरी कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म, प्र्यांक भिडियो, साङ्गीतिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्नसमेत आह्वान गरेको छ ।

यी नियम तोडेमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुनेसमेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस