काठमाडौं । बितेका २४ घण्टामा विश्वमा थप ३ लाख ३८ हजार ७७९ कोरोना संक्रमित पुष्टि भएको छ । सोही अवधीमा विश्वमा कोरोनाका कारण ५ हजार ५१४ कोरोना संक्रमितको मृत्यु भएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा विश्वमा २ लाख ७१ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म विश्वमा ३ करोड ६० लाख २ हजार ८२७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
त्यसैगरी हालसम्म विश्वभरमा १० लाख ४९ हजार ८१० संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ