७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सिमकोट – ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् ।
धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिए ।

पाँचदिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट विच्छेद हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको नुर्बु बुढाको भनाइ छ ।

मर्मतका लागि नेपाल टेलिकम सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन् । नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आउनुपरेको छ ।

गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस