९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

अ+ अ-

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ ९अक्टोबर–१० मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ ।

नेपालको केही भू–भागमा बाँकी भएको मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङगले बताए । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ ।

गतवर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ । हाल प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको छ ।

राति प्रदेश नं १ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस