काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज भएका छन् ।
बुधबार अस्पताल भर्ना भएका वरिष्ठ नेता खनाल शुक्रबार दिउँसो डिस्चार्ज भएका हुन् ।
श्वासप्रश्वास र उच्च रक्तचापको कारणा ह्याम्स अस्पताल, धुम्बारााहीमा भर्ना भएका खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिए ।
‘अस्पतालमा उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले चिकित्सकको सल्लाह बमोजिम आवश्यक औषधि खानेगरी आज दिउँसो अस्पतालबाट डिस्चार्ज हुनु भएको छ’, कार्यकारी निर्देशक शर्माले भने ।