७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा १०१ जनामा कोरोना संक्रमण

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०, दैलेख अस्पतामा आठ रु चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण हुनेमा सुर्खेतका ५४, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, जाजरकोट र रुकुमपश्चिमका दुई/दुई, हुम्लाका एक र अन्य प्रदेशका सात जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए। आज १०१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार नजिक छ ।

उनका अनुसार आज ७३ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ६७८ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १९९ संक्रमित रहेको उनले बताए ।

बिहीबार कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका २ सुर्खेतका २२ वर्षीय युवाको मृत्युपश्चात् कोरोना संक्रमण देखिएसँगै कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस