७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा

अ+ अ-

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसका कारण गत चैतदेखि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको छ ।

मौका परीक्षाका लागि सबै प्रदेशमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ । प्रदेश–१ को ज्योति मावि, इटहरी, प्रदेश–२ को जनता मावि, बेल्ही, जनकपुर, बागमतीको बालाजु स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, गण्डकीको धर्मस्थली आधारभूत विद्यालय, मालेपाटन, पोखरा, लुम्बिनी प्रदेशको देउराली जनता मावि, जितगढी, बुटवल, कर्णालीको सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर र सुदूरपश्चिमको सरस्वती मावि धनगढी–७, मनहरा, कैलाली परीक्षा केन्द्र तोकिएको सीटीईभीटीले जानकारी दिएको छ ।

जुनसुकै प्रदेश वा शिक्षण संस्थाबाट परीक्षा आवेदन फारम भरेको भए पनि आफूलाई पायक पर्ने प्रदेश अन्तर्गतको तोकिएको परीक्षा केन्द्रमा सक्कल प्रवेश पत्र र फोटोसहितको नागरिकता–लाइसेन्स जस्ता फोटो सहितको सक्कल परिचय पत्र देखाएर परीक्षा दिन सकिने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस