८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अमृत बेचेर जहर खाने गाउँ’ मा प्रहरी चौकी बनेपछि…

अ+ अ-

डोटी । मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित दिपायल सिलगढी नगरपालिका–९ कलेनाका महिलाहरुले अहिले शान्तिको श्वास फेर्न थालेका छन् । पहिला पहिला गाउँमा मदिराका कारण अशान्ति नभएको सायद कुनै दिन हुँदैनथ्यो ।

महिलाहरु दिनभरी घरदेखि मेलापातको काम गर्ने तर पुरुषाहरु जुवा खेल्ने र राति मादक पदार्थ सेवन गरी घरमा झगडा गर्ने गरेका कारण उक्त वडामा जहिल्यै विवादका घटना भइरहन्थे । यस गाउँका युवादेखि वृद्धसम्मले भैसीको दुध बेचेर मदिरा पिउने एक प्रकारले संस्कार नै बनिसकेको थियो ।

घरको सबै काम श्रीमतीले गर्नुपर्ने र श्रीमान्ले बसेर खानुपर्छ भन्ने गलत मानसिकताका कारण यहाँका महिलाहरु वर्षौदेखि पीडित बन्दै आएका थिए । मदिराकै कारण वडाभरीका नागरिक असुरक्षित हुन थालेको गुनासोपछि नगरप्रमुख मञ्जु मलासीको पहलमा जिल्ला प्रहरी कार्यालय, डोटीले कलेना गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गरेपछि अहिले शान्ति छाएको स्थानीयबासी इन्द्रबहादुर साउदले बताए ।

उनले भने, ‘मदिराका कारण कतिपयका घरबार बिग्रिए, कतिपयको त ज्यानै गइसक्यो, बल्ल अहिले प्रहरी चौकी राखियो, अब शान्तिसँग बस्न पाइने भइयो ।’जिल्ला सदरमुकाम सिलगढीबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको कलेना गाउँ विकासका हिसाबले पछाडि मानिन्छ ।

विशेषतः कलेना गाउँ र त्यहाँका मानिसहरुले सिलगढीमा दुध बेच्ने र सोही दुधबाट आएको पैंसाले मदिरा सेवन गर्ने र झगडा गर्ने ठाउँका रुपमा लामो समयदेखि आलोचित बन्दै आएको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीय हरिष धामीले बताए । उनले भने, ‘घरबाट भैसीको शुद्ध दुध, दही, घिउलगायत अन्य पोषिलो वस्तु बेचेर र फर्कँदा सिलगढीमा कमसल खालको (ठेउका) मदिरा खाने गाउँका रुपमा कलेनाका नागरिक चिनिँदै आएका थिए ।

नवस्थापित प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख मलासीले अमृत बेचेर जहर किनेर खाने कलेनाबासीको प्रवृत्तिको अन्त्य भएको बताए । उनले भने, ‘घरमा भएको अमृत बेचेर जहर खाने प्रवृत्तिको अन्त्यका लागि प्रहरी चौकी स्थापना गरेका छौँ, अब जहर बेच्ने र खानेलाई कारवाही हुन्छ ।’

नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकायको सहयोगमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । उनले भने, ‘कलेनामा मदिराले ठूलो समस्या भएको खबर पाएर हामीले प्रहरी चौकी खडा गरेका छौँ, अब शान्ति हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले महिला र बालिबालिका लगायत गाउँका अन्य नागरिकलाई शान्तिसुरक्षामा समस्या भएमा जतिबेला पनि उजुरी गर्न सकिने जनाए। उनले भने, ‘यो गाउँमा महिलाका पीडा सुन्दा आँखा रसाउने खालका रहेछन्, प्रहरी चौकी स्थापना भएपछि अब पनि मदिरा पिएर आतङ्क गरिए छोडिन्न । कानुनी कारवाही गरिन्छ ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा हाललााई सात जनाको टोली खटाइएको छ । नगरपालिकाले विसं २०७४ भादौ ७ गतेबाट कलेनालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि मदिरा कारोबार भने रोकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस