७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदारको सबै सम्पत्ति रोक्का

अ+ अ-

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ। सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो।

ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको छ। छानबिनका क्रममा गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ।

यसअघि विभागले उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो। यस्तै उक्त प्रकरणमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध विभागले छिट्टै मुद्दा चलाउने गर्ने तयारिरहेको स्रोतले जानकारी दिएको
छ ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार, पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात, पूर्वमन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरि अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारीलगायत १७५ जनाविरुद्ध अख्तियारले चलाएको मुद्दा विशेष अदालतमा विचाराधीन छ।

०७६ माघ २२ मा भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो । ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस