९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद बस्नेतद्वारा दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई

अ+ अ-

काठमाडौं । भक्तपुर क्षेत्र नं २ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् ।

अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उनले सो रकम हस्तान्तरण गरे ।

नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेन्ट डा.सुमित्रा गौतमलाई रु ६५ हजार हस्तान्तरण गर्दै जीवन शैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको र चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा गरीब र असहायलाई सहयोग गर्नुपर्ने धारणा राखे ।

अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले सबै स्थानीय सरकारलाई आफ्ना स्थानीय तहमा अस्पताल निर्माण गर्न आह्वान गरे । सांसद बस्नेतले अस्पतालमा कोभिड–१९का बिरामीको उपचारबारे जानकारी लिँदै अतिसघन कक्ष र कोभिड ब्लकको अनुगमनसमेत गरे ।

हाल ६ शय्याको भेन्टिलेटरसहित १५ शय्याको आइसोलेशन सञ्चालन भइरहँदा कोभिड बिरामीको चाप अत्याधिक बढेपछि आजदेखि थप आठ शय्या थपेर अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको उपचार गरिएको अध्यक्ष सुवालले जानकारी दिए । सरकारले कोभिड बिरामीको उपचारका लागि १०० शय्या थप गर्न रु एक करोड १० लाख बजेट पठाए पनि ठाउँ र भवन अभाव हुँदा समस्या परेको जनाउँदै मेसु डा गौतमले ठाउँका लागि कतै व्यवस्थापन भए सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस