५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय शवदाह गृहमा ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याइने

अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

विद्युतीय शवदाह स्थलमा रहेको तीन यन्त्रमध्ये विद्युत् भारका कारण अधिकतम् दुईवटामात्र सञ्चालनमा ल्याउन सकिने भएपछि तेस्रोमा १०० किलोग्राम दाउरा भरी शव राखेर बन्द गर्ने गरी सञ्चालनमा ल्याउन लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

विद्युत्बाट ८०० वाटमा एउटा यन्त्र चलाउनुपर्छ । दुई यन्त्र चलाउन एक हजार ६०० वाट अपुग हुने भएपछि ५०० वाटमात्र विद्युत् प्रयोग हुने गरी दुई यन्त्र सञ्चालन भइरहेको उनले सुनाए। ८०० वाट विद्युत् क्षमतामा शव जलाउँदा ४५ मिनेटदेखि एक घण्टामा जलाइन्छ । ५०० वाट क्षमतामा जलाउँदा डेढ घण्टासम्म लाग्छ ।

विद्युतीय यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ सञ्चालन गर्न रु ८० लाखसम्म लाग्ने भएकाले अर्को पनि थप्ने कोषको योजना छ । ‘हाइब्रिड’ यन्त्रमा दाउरा राखेर पनि एक घण्टामै शवदाह हुनेछ । प्रारम्भिक रुपमा परालको शव बनाएर यो यन्त्रमा परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षण सफल भएको कोषले जनाएको छ । मङ्गलबार बेवारिसे शव हालेर अन्तिम परीक्षण गर्ने गरी तयारी भएको कोषले जनाएको छ ।

‘हाइब्रिड’ शवदाह गृहमा १०० केजी दाउरा लाग्ने भएकाले रु चार हजार दाउरामै खर्च हुन्छ । यो यन्त्रमा कति शुल्क लिने भन्ने परीक्षणपछि कार्यविधि बनाएर निश्चित गरिने कार्यकारी निर्देशक खतिवडाले बताए ।

विद्युतीय शवदाह गृहमा रु चार हजार ५०० शुल्क तोकिएको छ । भष्मेश्वरघाट र आर्यघाटमा सजावट नगरी शवदाह गर्दा न्यूनतम् रु १५ हजारसम्म शुल्क लाग्ने कोषले जनाएको छ । हाल विद्युतीय शवदाहगृह रहेको पारिपट्टि काठमाडौँ महानगरपालिकाले तीन विद्युतीय शवदाह नै बनाउने गरी गत हप्ता कोषसँग सम्झौता गरेको छ । महानगरले आफ्नो लगानीमा गृह निर्माण गरी कोषलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस