७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्लिन फिड कार्तिक ८ गतेबाटै लागू गर्न प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्न सञ्चार मन्त्री पार्वत गुरुङलाई निर्देशन दिएका छन् ।

मङ्गलवार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा भएको छलफलका क्रममा तोकिएकै मितिमा क्लिन फिड लागू गर्न प्रधानमन्त्रीले निर्देशन दिएको वालुवाटार उच्च स्रोतले प्रशासनलाई बतायो ।

संसदबाट क्लिन फिड ऐन पारित भए पनि समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले असन्तुष्टि जनाएसँगै मन्त्री पार्वत गुरुङ आउनुअघि सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सक्रियता देखाएको थियो ।

क्लिन फिड सम्बन्धी विज्ञापन ऐन संसद्को गत हिउँदे अधिवेशनबाट पारित भएको थियो। ऐन पारित हुँदा विदेशी च्यानल वितरकहरूले विरोध गरे पनि अहिले उनीहरुनै ऐन कार्यान्वयनका लागि अग्रसर भएका छन्।

२०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ को दफा ६(१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्नुपर्ने भनी उल्लेख छ।

त्यस्तै उपदफा(२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने उल्लेख छ। ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलले नेपालमा विज्ञापनरहित प्रसारण(क्लिन फिड) नीति अवलम्बन गर्नुपर्नेछ साथै ‘डबिङ’ विदेशी विज्ञापन पनि नेपाली च्यानलमा प्रसारण हुन पाउने छैनन्। विदेशी मल्टिनेसनल कम्पनीले विज्ञापन दिन चाहेमा नेपालमै डबिङ गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस