१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पछि पार्दै पन्जाबको लगातार तेस्रो जित

अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले लगातार तेस्रो जित हासिल गरेको छ ।

युएइमा मंगलबार भएको खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पछि पार्दै लगातार तेस्रो जित हासील गरेको हो ।

पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे ।

आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । उनलाई तेस्रो ओभरमा दिल्लीका अक्षर पटेलले आउट गरे । तेस्रो नम्बरमा ब्याटिङमा आएका क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए । उनलाई छैटौं ओभरमा रविचन्द्र आश्विनले बोल्ड गरे । यसै ओभरमा मयंक अग्रवाल रनआउट भए । उनले ५ रनमात्र बनाउन सके ।

तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । पन्जाबमाथि दिल्ली हाबी हुन लागेको संकेत देखिएको बेला निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ सुरु गरेको दिल्लीले शिखर धवनको शतक मद्दतमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । धवनले ६१ बल सामना गर्दा १०६ रन बनाए । उनले १२ चौका र ३ छक्का प्रहार गरे । आईपीएलको जारी सिजनमा धवनको यो लगातार दोस्रो शतक हो । धवनले चेन्नाई सुपरकिंग्सविरुद्ध पनि नटआउट १०१ रन बनाएर दिल्लीलाई जिताएका थिए ।

उनी जारी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटरको दोस्रो नम्बरमा आइपुगेका छन् । उनले हालसम्म ४६५ रन बनाइसकेका छन् । पन्जाबका कप्तान केएल राहुल ५४० रनसहित पहिलो नम्बरमा छन् ।

आइपिएलमा बुधबार कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ

प्रतिक्रिया दिनुहोस