८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटारमा बिजुली पुगेपछी गाउँलेमा खुशी

अ+ अ-

गाईघाट । मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–२ भुटारमा बल्ल दशैंको समयमा बिजुली पुगेपछी गाउँलेहरूमा खुशीयाली छाएको छ ।

उदयपुर क्षेत्र नं–२ का सांसद सुरेशकुमार राईको पहलमा संघीय सरकारबाट रू एक करोड पचहत्तर लाख र प्रदेश नं–१ सरकारका तर्फबाट रू एक करोडसहित रू दुई करोड पचहत्तर लाखको लागतमा रौताको मुर्कुची बजारबाट चालिस कोश टाढा उत्तरी पहाडी क्षेत्रको भुटारमा बिजुली ल्याइएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।

सोमबारदेखि भुटार क्षेत्रमा बिजुली बल्न थालिएकाले दशैंको बेला सबै गाउँलेमा खुशी छाएको वडा नं–२का वडाध्यक्ष खबिन्द्र रासकोटीले जानकारी दिए ।

पहिलो पटक बिजुलीबत्ती बाल्न पाएकामा रन्जु ठकुरी खुशीहुँदै भने, ,’कोरोनाको सङ्क्रमणले अहिले सबै गाउँले दुःखी भइरहेका बेला ढिलै भएपनि दशैंको सम्मुख गाउँमा बिजुली आयो, राति गाउँ नै झलमल्ल हुन पुगेको छ,गाउँ उज्यालो देख्दा साह्रै खुशी लागेर आउँदो रहेछ, यसअघि राति अध्याँरो रहने गाउँ अहिले उज्यालो देख्न पाउँदा हामीहरू धेरै खुशी भएका छौ ।’

भुटारकै कमल राउतले पनि यसरी खुशी ब्यक्त गरे,’अन्यत्र बिजुली बत्ती बल्दा हाम्रो गाउँघर अँधरो नै थियो तर गाउँमा छिटै बिजुली आयो, कोरोनाका कारण आफूहरूको खुशी खोसिए पनि दशैंको समयमा गाउँमा बिजुली आउँदा सबैं खुशी छौं, अहिले गाउँनै उज्यालो भएकोले आफूहरूले सबै दुखः बिर्सेजस्तो लाग्छ ।’भुटारका करिव दुईसय पचास घरमा विद्युत बितरण गरिएको र अब अन्य वडाहरूमा पनि २०७८ सालभित्रै बिजुली बिस्तार गरिसक्ने लक्ष रहेको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस