९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् ।

उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पुर्याएर विक्री गरेका छन् ।

“धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उनले भने, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानी भएको छ ।” धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ ।

“धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छु ।”

धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन् । विगतका वर्षमा ५÷६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ ।

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पुर्याउने उनको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनको भनाइ छ ।

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य रु छ लाख रहेको छ ।” माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन । माछापालनसँगै उनले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालनुभएका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस