९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या अभियोगमा चार जना पक्राउ

अ+ अ-

वालिङ । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका-६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार-६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही ठाउँका ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका प्रहरी प्रवक्ता अधिकारीले बताए ।

पक्राउ परेकाहरुलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको स्वीकृति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षण गरी आज नै परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस