१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित आवास कार्यक्रम : खरको छानो विस्थापन हुँदै

अ+ अ-

दमौली । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो ।

कार्यक्रमअन्तर्गत क्षेत्र नं १ मा एक हजार ५० र क्षेत्र नं २ मा आठ सय ६४ घरमा खरको छाना हटाइन लागिएको छ । खरको छाना भएका घर असुरक्षित हुने भएकाले सरकारले सबै जिल्लाका खर÷फुसको छानो हटाउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ । घरलाई जस्तापाताले छाउन स्थानीय तहमार्फत् प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।

कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठका अनुसार क्षेत्र नं १ अन्तर्गत देवघाट गाउँपालिकामा दुई सय १२, आँबुखैरेनी गाउँपालिकामा एक सय ९२, बन्दीपुर गाउँपालिकामा एक सय ९१, भानु नगरपालिकामा दुई सय ३६ र व्यास नगरपालिकामा दुई १९ घरको खरको छाना विस्थापित हुनेछन् ।

त्यस्तै क्षेत्र नं २ अन्तर्गत भीमाद नगरपालिकामा एक सय ७१, शुक्लागण्डकी नगरपालिकामा एक सय ५१, ऋषिङ गाउपालिकामा एक सय ५४, घिरिङ गाउँपालिकामा एक सय ६१, म्याग्दे गाउँपालिकामा एक सय ३२ तथा व्यास नगरपालिका–५ र ६ मा ९५ घरधुरीका खरको छाना विस्थापित गरिनेछ ।

कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु रहेको जिल्लास्तरीय कार्यान्वयन समिति गठन गरिएको छ ।

खरको छानो विस्थापन गर्न स्थानीय तहहरुले लाभग्राही छनोटको तयारी थालेका छन् । घिरिङ गाउँपालिकाले कार्यान्वयन कार्यविधि २०७५ को दफा १० (ख) अनुसार सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचना जारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज लामिछानेले जानकारी दिए ।

व्यास नगरपालिकाले पनि कार्यक्रमका लागि लाभग्राही छनोट गर्न प्रक्रिया अघि बढाइसकेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस