९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुचित कारोबार गर्ने ११ फर्मलाई कारबाही,सवा लाख जरिवाना

अ+ अ-

काठमाडौँ । अनुचित कारोबार गर्ने ११ फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनका क्रममा शुक्रवार काठमाडौँसहित भक्तपुर र ललितपुरका गरी ११ फर्मलाई कारबाही गरेको हो ।

अनुचित कारोबारमा संलग्न उक्तफर्महरुबाट विभागले कुल १ लाख २५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

काठमाडौँ महानगरपालिका १६ को प्रकाश मिनी स्टोर, प्रतिमा मिनी स्टोर र बड मालिका खाद्य भण्डार विभागको कारबाहीमा परेका छन् । विभागले उक्त दुई मिनी स्टोरलाई समान ५–५ हजार र बडिमालिका खाद्य भण्डारलाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा सो फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(२) को कार्य गरेकोले सोही ऐनको दफा ३५(ट)को कसुरमा दफा ३९(१) (घ) बमोजिम ऐन विपरीत कारोबार गरेकाले रु ५०,००० जरिवाना गरिएको विभागले जनाएको छ ।

त्यस्तै, अनुचित कारोबारमा संलग्न ललितपुर महानगरपालिका १४ को श्री पुलचोक कोल्ड स्टोर, लमनपा १२ को राजलक्ष्मी स्टोर र एम वि एस स्टोरलाई समेत विभागले समान ५-५ हजार जरिवाना गरेको छ ।

त्यस्तै भक्तपुर मध्यपुर–४ को धनुषा एन्ड धनुषा मिठाई भण्डारलाई रु। १०,०००, मध्यपुर–१४ तिंकु जनरल स्टोरलाई रु.२०,००० र मध्यपुर–१३ शंखघर मिठाई पसल, पदम सु सेन्टर वेस्ट क्वालिटी फलफूल पसललाई समान ५-५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

यी बाहेक बजार अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तु विक्रिवितरण गर्ने ९ फर्महरूबाट कुल ११ हजार ३ सय २५ रुपैयाँ बराबरका अखाद्य वस्तु समेत नष्ट गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस