११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औद्योगिक र आर्थिक चेनको विकास गर्छौ : मन्त्री भट्ट

अ+ अ-

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिका–१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आइतबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए ।

‘एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका छौँ’, उनले भने, ‘सबै विषय नीति तथा कार्यक्रममा समेटेका छौँ ।’ उनले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको बताए ।

‘यसरी सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्ने भनेका छौँ’, मन्त्री भट्टले भने, ‘हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ ।’ उनले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए ।’अहिले लाम लागेर भारतलगायत खाडी मुलुक रोजगारीका लागि जानुपर्ने बाध्यता छ’, उनले भने, ‘यसको अन्त कसरी गर्ने भन्ने नै अहिलेको मुख्य चुनौती हो ।’ मन्त्रालयको प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर दोधारा चादँनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै बताए ।

‘यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने भनिए पनि नेपाल–भारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो र कम लगानीमा बढी उपलब्धि हासिल गर्ने भनेर यहाँ छनोट गरियो’, उनले भने, ‘हामी दोधारालाई पनि विकाससित जोड्ने नै छौँ ।’ कञ्चभोजमा सुक्खाबन्दरगाह बन्दा आफूहरु विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत जनाउँदै आएका थिए ।

प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले पश्चिममा व्यापार र आर्थिक स्मृद्धिको ढोका खोल्ने सपना साकार भइरहेको बताए । उनले महाकाली करिडोरको काम अगाडि बढाउन बैतडी, दार्चुला र कञ्चनपुरका सांसदहरु लागिपरेको बताए । ‘यो अन्तर्राष्ट्रिय व्यापारिक नाका रुपमा विकास गर्ने चुनावी प्रतिबद्धतासमेत थियो’, उनले भने,’यस कार्यमा नागरिकस्तरबाट पनि सक्रिय भूमि देखाउन आग्रह गर्छु ।’

त्यसैगरी, कार्यक्रममा उद्योग सचिव चन्द्रकुमार घिमिरेले सन् २०११ देखि नै दोधारा चादँनीमा सुक्खाबन्दरगाह बनाउन पहल हुँदै आएको बताए । ‘विभिन्न चरणमा अध्ययन भयो, भारतसितको वार्तामा पनि यो एजेण्डा समावेश हुँदै आएको थियो ।’ सचिव घिमिरेले भने, ‘आर्थिक स्मृद्धिको नयाँ ढोका खोल्ने सपना साकार हुँदैछ ।’ सुक्खाबन्दरगाह निर्माणका लागि चार सय बिघा आवश्यक पर्ने मन्त्रालयको प्राविधिक टोलीको भनाइ छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका प्रदेशसभा सदस्य तारालामा तामाङ, मानबहादुर सुनार, महेशदत्त जोशी, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख र लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस