१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको औषधि : आत्मबल, हौसला र सकारात्मक सोच

अ+ अ-

जब मलाई एक दिन अचानक ज्वरो आएर भोलिपल्ट पिसीआर टेष्ट गर्न वीर अस्पताल गए। तर अप्रत्याशित रूपमा कोरोना रिपोर्ट पोजेटिभ आयो। आफूले सोच्दै नसोचेको परिणामले म स्तब्ध भए तर आफैले आफूलाई समाल्नु सिवाय म सँग अर्को उपाय थिएन।

काठमाडौँको डेराको बसाई तनावपूर्ण स्थिति रह्यो।साना बालबच्चा तथा परिवार सहित बसेको थिए।कोरोनाको लक्षण खासै केही पनि नभएकोले अब के गर्ने कसो गर्ने ? भन्ने कुराले छटपटी भयो। अस्पताल आइसोलेसनको खोजी गरियो तर काठमाडौँमा बढेको सक्रमणले अस्पताल आइसोलेसन पाउन एकदम गारो भयो। तर अथक प्रयास पछि कीर्तिपुर स्थित आयुर्वेद अस्पतालको आइसोलेसन सेन्टर पाइयो र आफै मोटरसाइकल लिएर ५ असोज राती करिब ८ बजे त्यहाँ गए।

कोठाबाट आइसोलेसन सेन्टर जाँदा छोराछोरीको रुवाइले दिएको पीडा मन भरी भए पनि जीवनसाथीको सकारात्मक हौसला र प्रेरणाले मनमा ऊर्जा भरी कोरोनाबिरुद्वको लडाइँमा अवश्य जित हुनेछ र मैले यो महामारीबाट मेरो परिवार, बालबच्चा र समुदाय जोगाउनुपर्दछ भनी नानीबाबु, परिवारलाई सम्झाउँदै बलियो आत्मविश्वास साथ उक्त सेन्टरमा गए।

सेन्टरको पहिलो दिन भोग पनि लागेन निन्द्रा पनि लागेन छटपटी मात्र भयो। मनमा अनेकन् शका उपशकाले लुकामारी गर्दागर्दै उज्यालो भएको पत्तै पाइन्। तै पनि आफूले आफैलाई सम्झाउनु सिवाय अरू उपाय थिएन। घरपरिवारमा त्यस्तै बेचैनी भएछ। तै पनि दरो आत्मबल र आफन्त लगायत छरछिमेकीको हौसला, प्रेरणा साथी भाइको आत्मीयताका कारण सृजना भएको आत्मबलले ममा आसा पलाउँदै गयो। जसले गर्दा आइसोलेसन बसेको पत्तै पाइन।

आइसोलेसन बसाइँमा मैले आफूलाई सधैँ सकारात्मक सोचका साथ आफ्ना आनीबानीमा सुधार ल्याई तनावरहित बस्ने प्रयास गरिरहे। तैपनि मनमा सधैँ एउटै कुराले जरो गाडीरह्यो जुन मबाट छोराछोरी, परिवारमा कोरोना सर्‍यो कि ? सरेको भए के गर्ने ? यस्तै यस्तै कुराले जरो गाड्यो। तर मेरो परिवार स्वास्थ्यकर्मी भएको र सधैँ सकारात्मक सोचकी धनी भएकी कारण उनको सल्लाह र सुझावले मेरो तनाव आधा हुन्थ्यो। म आइसोलेसन बसेको १० दिन पछि परिवार, छोराछोरीको कोरोना परीक्षण गरियो रिपोर्ट नेगेटिभ आयो।जसले गर्दा मैले अवश्य पनि कोरोनालाई परास्त गर्दछु भनी आत्मबल पलायो।

म आइसोलेसनमा बस्दा मैले खानपिनमा विशेष ध्यान दिए।जसअनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू निरन्तर खाए। काजु, बदाम, ओखर, नरिवल, छोहरा जस्ता खानेकुरा खाए। कमजोर भएको महसुस हुने हुनाले अण्डा, माछा मासु, गेडागुडीको रस,ताजा तरकारी निरन्तर लिए। स्याउ, सुन्तला, एभोकाडा, किवी, अमला,मेवा लगायतका फलफूल खाई साथै बिहान बेलुका पानीको बाफ लिने,घाममा बस्ने, व्यायाम योगा, ध्यान गर्ने कार्यलाई निरन्तरता दिए। अदुवा, गुर्जो, ज्वानो, लसुन, मरीच, तुलसीको पत्ता, बेसार पानी पनि खाए। उक्त खानेकुराको बन्दोबस्त आफन्त र शुभेच्छुकबाट भएको थियो।

यसरी आइसोलेसनको १४ दिनको बसाइँमा मेरो कोरोना रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आएपछि ममा खुसी छायो।तसर्थ कोरोना लाग्दैमा आतिहाल्नु पर्ने रहेनछ।

कोरोना भइसकेपछि परिवार, आफन्त, इष्टमित्र, छरछिमेकी, साथीभाइले गर्ने व्यवहारले एकदमै असर पार्ने रहेछ। यसबीचमा सबैबाट सकारात्मक व्यवहार, हौसला, प्रेरणा र आत्मविश्वास बढाउने कार्य गरिदिनुपर्दछ। आफन्तले कमसेकम दिनको एक पटक फोन गरी अवस्था बुझी प्रेरणा दिँदा एकदमै प्रभावकारी हुन्छ किनकि प्रत्यक्ष भेटघाट गर्न यो बिरामीलाई कठिन छ। संक्रमितलाई माया ममता दिऊ, हेला होइन किनकि आफू पनि सक्रमित हुन सकिन्छ।

म बसेको आइसोलेसन सेन्टरको वातावरण राम्रो थियो । दिनको ४ पटक खान दिने, सुत्ने बेला दूधमा बेसार हालेर दिने आयुर्वेद औषधी दिने, योगा, प्राणायाम, नाचगान गराउने जस्ता क्रियाकलापले कोरोना जित्न सहयोगी भयो।

तसर्थ कोरोनालाई परास्त गर्न मेरो अनुभवले आफूलाई सधैँ सकारात्मक सोचका साथ दरो आत्मविश्वास, खानपिनमा विशेष ध्यान दिने, व्यायाम, योगा, प्राणायाम गर्ने, सामाजिक सजालमा आएका सबै खबरहरूको यथार्थता,सत्यताको आँकलन गरी विश्वास गर्ने, मस्त सुत्ने, चिसोबाट बच्ने जस्ता गतिविधिले म कोरोनामुक्त हुन सहयोगी भयो।

जहाँबाट जसरी पनि सङ्क्रमण हुन सक्ने भएकाले हामी हरेक पल सचेत हुनुपर्दछ। म आफै कसरी सङ्क्रमित भए अत्तोपत्तो भएन। जागिरको सिलसिलामा सरुवा काठमाडौँ भएको थियो । अफिस जान लागेको १ हप्ता मात्र भएको थियो। म साउन महिना देखि यतै थिए। यसैले कोरोनालाई हल्का रूपमा नलिऊ, यसबाट नडराऔँ तर सचेत र होसियार हौऔ । कोरोनाबिरुद्वको लडाई महाभारतको कुरुक्षेत्रको लडाई जतिकै कठिन र चुनौतीपूर्ण छ। सबै मिली कोरोनालाई परास्त गरौँ।

सुवेदी सर्वोच्च अदालतका शाखा अधिकृत हुन्

प्रतिक्रिया दिनुहोस