११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने : मन्त्री फुयाँल

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।

उनले आज रासससँग कुराकानी गर्दै प्रदेशका १३ वटै जिल्लामा रहेको पुरानो तुइनलाई विस्थापित गरी उक्त स्थानमा चालू आर्थिकभित्र नै झोलुङ्गे पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका हुन्।

‘यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिक टोली जिल्ला/जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको छ’, उनले भने, ‘प्राविधिक प्रतिवेदन आउनसाथ सोही अनुरुप आवश्यक कार्य अगाडि बढाइनेछ ।’ मन्त्री फुयाँलले उपत्यकाबाहेक १० जिल्लाको १६ वटा गाउँपालिकामा रहेको खरको छानालाई विस्थापन गरी जस्तापाताको छानो निर्माण गर्ने योजना रहेको पनि जानकारी दिए ।

प्रदेशको आठ जिल्लामा परम्परागतरुपमा रहेको २४ वटा राजकुलोको मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको बताउँदै उनले चालू आर्थिक वर्षभित्र १३ वटा जिल्लाको विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करिब १०० वटा नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको र ती क्षेत्रमा पुलको निर्माण कार्य पनि भइरहेको जानकारी दिए । निर्माण भइरहेको त्यस्ता पुलको अनुगमानका लागि मन्त्रालयबाट मंसिरको पहिलो हप्तामा प्राविधिकसहित टोली पठाइने उनले बताए ।

‘प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु तीन/तीन करोड अनुदान रकम सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमार्फत उपलब्ध गराइसकिएको छ’, मन्त्री फुयाँलले भने, ‘वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गर्नका लागि बोलपत्र आह्वान गरिसकेको छ ।’ आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निर्माण व्यवसायीलाई ठेक्का सम्झौता गरिने पनि उनले बताए।

वाग्मती प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाको छनोट गरी निर्माण गर्ने, विभिन्न राजमार्गको सडक विस्तार र कालोपत्र गर्ने तथा कृषि उत्पादनमा वृद्धि र सिँचाइको व्यवस्थापन र नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य प्रारम्भ भइसकेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस