७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा यस वर्ष देउसीभैलो खेल्न मनाही

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ ।

कोभिड-१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले भने,’यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ ।’ पछिल्लो कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो ।

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सुरक्षा व्यवस्थामा कडाइ

दीपावली पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ‘सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको छ’, उनले भने, ‘चेकजाँचका क्रममा शङ्कास्पद सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गरिएको छ ।’

जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस