८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीका निजी सचिव आउट !

अ+ अ-

काठमाडौँ । सरकारका एक जना मन्त्रीले आफ्ना निजी सचिवलाई सचिवालयबाट आउट गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निजी सचिव वीरेन्द्र बस्नेतलाई हटाएका हुन् ।

सर्वोच्च अदालतका उपसचिव बस्नेतले आफ्नो नामबाट विभिन्न ठाउँमा फोन गर्ने गरेको कुरा थाहा पाएपछि केही महिनादेखि निगरानी राखेका मन्त्री भट्टले दसैँ अघि नै उनको काज फिर्ता गराएका हुन् ।

‘करियर भएको मान्छे मैले जोगाई दिएँ’ मन्त्रीले एक निकटस्थसँग गरेका कुरा उधृत गर्दै स्रोतले भन्यो, ‘थोरै मात्र बोल्ने मन्त्री यति भनेपछि केही ठूलै गडबढ भेटाएको हुनुपर्छ ’ ।

मन्त्रालयमा गुटबन्दी चलाउनेदेखि सहसचिवहरूलाई तितरबितर पारेका बस्नेतले निहित स्वार्थमा काम गर्न थालेको मन्त्रालय तथा सचिवालयका कर्मचारीले निकै अघि मन्त्रीलाई जानकारी गराएका थिए । तर तत्काल कुनै प्रतिक्रिया नजाएका मन्त्री भट्टले आफै प्रमाण भेटाएपछि हटाएको ती स्रोतको भनाई छ ।

‘धेरै ठाउँबाट गुनासो आएपछि मन्त्रीज्यूले बस्नेतले ल्याएका फाइलहरू सोधपुछ गरेर मात्रै अघि बढाउन थाल्नु भएको थियो’, सचिवालयका एक अधिकारीले भने, ‘सम्बन्धित व्यक्तिले नै मन्त्रीलाई भनेपछि तत्काल फिर्ता गर्न भनेका हुन्’

पछिल्लो समय मन्त्रीका निजी तथा स्वकीय सचिवालयका कर्मचारीहरूबारे जनगुनासो बढ्दो छ । सचिवालय व्यवस्थित बनाउन तथा सहयोगीको भूमिका निर्वाह गर्न सचिवालयमा कर्मचारीको व्यवस्था गरिएको भए पनि त्यसरी राखिएका कर्मचारीले निहित स्वार्थ तथा ‘सेटिङ धन्दा’ चलाउने गरेको मन्त्रालयकै कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस