१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु-अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन

अ+ अ-

वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएक छन् ।

रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मत सहित कूल २७३ मत प्राप्त गरे सँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ ।

गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित भएका हुन् । अन्य राज्यहरु जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ ।

बाइडेनले देशभरबाट ७ करोड भन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै मत प्राप्त गरेको यो पहिलो पटक हो ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् ।उनले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने धम्की दिइरहेका छन् ।

राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित भएकी छन् । उनी उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी-दक्षिण एसियाली-अमेरिकी मूलकी हुन् ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्वीट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।’

उनले भने, ‘हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नु पर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।’

कोरोना भाइरसका कारण २ लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७७ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ ।

डेलावेयरको सभामा स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आम जनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यलाई मतदान गरेको बताएका थिए । उनले जो बाइडेनले प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताएका थिए ।

तर राष्ट्रपति ट्रम्पले भने चुनावमा परास्त भएको स्वीकारेका छैनन्। उनले आफूले कानुनी चुनौती दिने बताएका छन् । तर यस्तो चुनौतीका बारेमा प्रष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस