७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासकीय प्रमुखको विवादमा उपप्रमुखसहित आठ सदस्यबाट बैठक बहिष्कार

अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले विवादका बीच प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई सङ्घीय मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकमा ११ जना सदस्यले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको हो ।

बैठकमा कूल १९ जना सदस्यमध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ कार्यपालिका सदस्य अनुपस्थित थिए । नगरपालिकाका प्रवक्ता एवं वडा नं। २ का वडाध्यक्ष राम थापाले बैठक वैधानिक नभएको आरोप लगाउँदै प्रशासकीय प्रमुखलाई फिर्ता नपठाइएको जिकिर गरे ।

बैठकपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट विनियोजित बजेट र उपभोक्ता समितिमार्फत भइरहेका कार्यमा असहयोग गरेकाले फिर्ता पठाउन आग्रह गरिएको जानकारी दिए ।

उनले रिजालले नगरपालिकाको आन्तरिक राजनीतिमा सहभागी भई बजेट र कार्यक्रम रोक्ने, नगरपालिकाका आन्तरिक दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएर सामाजिक सञ्जालमा हाल्न लगाउने, वडाध्यक्षलाई फोन गर्दै प्रमुखलाई घेराबन्दीमा पार्न उक्साउने गरेको आरोप लगाए ।

प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घरमै बसेर काम गरेको बताउँदै नगरपालिकामा उपभोक्ता समितिमार्फत काम गर्ने गरी कार्यविधि नबनेकाले भुक्तानी नदिइएको जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस