१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूनतम मापदण्ड पुरा नगरी सङ्क्रमितबाट चर्को शुल्क असुल्ने म्याक्स अस्पताल बन्द गर्न निर्देशन

अ+ अ-

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नै नलिई कोरोना सङ्क्रमितको उपचार गरेको भन्दै म्याक्स अस्पताल बन्द गर्न निर्देशन दिएको छ ।

अस्पतालले सरकारी निकायको अनुमति नलिनुका साथै कोभिड संक्रमणसम्बन्धी न्यूनतम आवश्यक पूर्वाधारसमेत तयार नगरी कोरोना सङ्क्रमितको उपचार गरिरहेको पाइएकाले त्यसलाई बन्द गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार अस्पतालले उपचारका लागि न्यूनतम सर्त पुरा नगरुन्जेलसम्मका लागि अस्पताल बन्द गर्न निर्देशन दिइएको हो ।

‘न्यूनतम सर्तहरू पुरा नगरेको कारणले हामीले रोकेका छौँ’ प्रजिअ निरौलाले प्रशासनसँग भने, ‘त्यो पुरा हुन सक्यो भने ठिक छ, हुन सकेन भने कारबाही हुन्छ’

टिनको छाना मुनी राखेर हेर्नै नहुने अवस्थामा अस्पताल सञ्चालन गरिएको र अति नै चर्को शुल्क लिने गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले अस्पतालको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सामान्य भौतिक पूर्वाधारसमेत नभएको भेटिएको छ ।

अस्पतालले सरकारी अनुमति र स्वीकृतिबिना संवेदनशील सेवा सञ्चालन गर्नुको कारणबारे लिखित जवाफसमेत माग गरिएको प्रजिअ निरौलाले बताए ।

‘अस्पतालले कोभिडका बिरामीबाट दैनिक ८० हजार रुपैयाँसम्म असुलेको उजुरी जिल्ला प्रशासनमा परेको छ’ जिल्ला प्रशासन स्रोतले भन्यो, ‘बिरामीका आफन्तले दिनको ५० देखि ८० हजार रुपैयाँसम्म तिरेको गुनासो गरेपछि प्रशासनले अनुगमन गरेको थियो’

प्रशासनले अस्पताललाई पठाएको पत्रमा त्यहाँ उपचार गराइरहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न र नेपाल सरकारले तोकेभन्दा बढी उपचार शुल्क नलिन उल्लेख गरिएको छ ।

सरकारी शुल्क भन्दा बढी लिएको प्रमाणित भएमा कारबाही गर्ने प्रजिअ निरौलाले बताएका छन् ।

बिरामीको उपचार गर्दा सरकारले तोकेको आइसोलेसनसम्बन्धी निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना नगर्नको कारण माग गर्दै सङ्क्रामक ऐन २०२० अनुसार कारबाही किन नगर्ने ? अस्पतालसँग जबाफ माग गरिएको छ ।

सरकारी क्षेत्रबाट पर्याप्तरुपमा गर्न नसकेपछि निजी क्षेत्रलाई सघाउन अनुरोध गरिएको हो तर त्यसको अर्थ मनोमानी गर्न छुट दिएको भने कदापि होइन । पछिल्लो समय उपचारका नाममा केही अस्पतालहरूले अत्यधिक चर्को शुल्क असुल्ने गरेको गुनासो देशव्यापीरुपमा आएको छ । विपत्तिमा गरिब जनतालाई सघाउने भन्दा मौका यही हो भन्दै असुल्न खोज्नेलाई कानूनी कठघरामा उभ्याउनै पर्छ । साथै उपचारका क्रममा गरिने लापरबाहीलाई कदापि छुट दिइनु हुन्न ।

प्रतिक्रिया दिनुहोस