९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैले गुनासो नगर्ने गरी इन्टरनेटमा देखिएको समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई निर्देशन दिए ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको सोमबार अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने, ‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ, सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताउँदै हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई नगर्नसमेत निर्देशन दिए ।

उनले भारत, चीन, दक्षिण कोरियालगायत मुलुक सूचना प्रविधिका विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै त्यसबाट सिकेर प्रविधिको विकास हुने गरी दशवर्षे कार्ययोजना बनाएर अघि बढ्न राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गरे ।

त्यसका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो । सरकारका प्रवक्ता गुरुङले भने, ‘सूचना प्रविधिको विकासमा योगदान पुर्‍याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानका काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन म आग्रह गर्दछु । सूचना प्रविधिका क्षेत्रमा कार्यरत सरकारी निकायले अबल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाइ नगर्न अनुरोध गर्दछु ।’

मन्त्री गुरुङले कसैले गुनासो नगर्ने गरी ‘नागरिक एप्स’ सञ्चालन गर्नुपर्ने बताउँदै सूचना प्रविधिको विकासका लागि त्यस क्षेत्रका विज्ञको सुझावलाई ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्ने औँल्याए । सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको विकास दु्रत गतिका साथ हुने गरी काम गर्न केन्द्रका कर्मचारीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस