७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकूदका लागि कोरोना चुनौती छ : सिलवाल

अ+ अ-

कास्की । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले सोमबार साँझ पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएकामा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने स्पष्ट पारे ।

तीन महिनाका अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षणलगायत काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताए ।

प्रतियोगिताका लागि पोखरामा एक-दुई खेलका पूर्वाधारबाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालनमा कठिन नपर्ने उनले उल्लेख गरे ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा न्यूनतम एउटा खेल सञ्चालन गर्ने योजना रहेको बताउँदै सिलवालले खेलाडी, प्रशिक्षक, खेल सङ्घ, पत्रकारिता जगत्लगायतको सहयोगबाट पोखरा खेलकूदको शहरका रुपमा विकास हुँदै गएको बताए ।

उनले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता १६ हजार ५०० बाट बढाएर २० हजार पुर्‍याइने जानकारी पनि दिए ।

परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट पोखरामा गत वर्र्ष १३ सागका आठ खेल सम्पन्न भएको बताउँदै उनले सागपछि पोखरा रङ्गशालामा खेलकूद पूर्वाधारका विकास भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस