९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषधसहित दुई जना पक्राउ

अ+ अ-

वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध इन्जेक्सन १८ सय एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

बारा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २० वर्षीय रोशन साह कलवार र २९ वर्षीय चन्दनप्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, डाइजेपाम र नुर्फिन १८ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सोमबार दिउँसो २ बजे वीरगञ्ज– २५ सिर्सियामा रोशन साथीलाई कुरेर बसिरहेका थिए । बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय कार्यालय पर्साबाट प्रहरी टोली पुगेको थियो ।

चेकजाँच गर्ने क्रममा रोशनको हातमा रहेको व्याग खानतलासी गर्दा उक्त परिमाणको अवैध लागूऔषध फेला परेको थियो ।

रोशनले नै दिएको सूचनाको आधारमा साँझ ७ बजे कलैयास्थित बालमन्दिर अगाडिको सडक खण्डबाट ना.२० प ६४२८ नम्बरको मोटरसाइकलमा सवार चन्दन पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस