१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको खोप परीक्षण रोकियो

अ+ अ-

काठमाडौँ । ब्राजिलमा चिनियाँ कम्पनी सिनाभाकले विकास गरेको खोपको परीक्षण रोकिएको छ ।

स्वास्थ्यसम्बन्धी निकायले ‘गम्भीर किसिमको प्रतिकूल घटना’ देखा परेको बताएसँगै ब्राजिलमा चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको एउटा खोपको परीक्षण स्थगित गरिएको छ।

अन्भीसाले सो घटना अक्टोबर २९ मा भएको बताए पनि थप विवरण सार्वजनिक गरेको छैन।

एकजना स्वयंसेवकको मृत्यु भएसँगै परीक्षण स्थगित गरिएको बताइएको छ तर त्यो मृत्यु परीक्षणसँगै सम्बन्धित थियो वा थिएन भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।

परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै कोभासले स्थगित गर्ने निर्णय गर्नुअघि खोप परीक्षण कार्यक्रम सञ्चालन गरिरहेकासँग परामर्श नगरिएको बताएका छन्।

चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो।

सिनोभाकले भने आफूहरू ‘खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको’ बताएको छ।

उक्त कम्पनीले आप‍त्कालीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई सो खोप दिइसकेको छ।

ब्राजिल कोरोनाभाइरसबाट अत्यन्तै प्रभावित राष्ट्रमध्ये एक हो जहाँ ५६ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उक्त सङ्ख्या अमेरिका र भारत पछिको धेरै हो।

ब्रजिलमा मृत्यु हुनेहरूको सङ्ख्या भने १,६३,००० को हाराहारीमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।

सोमवार अन्भीसाले एउटा गम्भीर प्रतिकूल घटनाका पछि खोपको परीक्षण रोक्ने आदेश दिएको थियो। तर के भएको हो भन्ने जानकारी भने उसले दिएको छैन। उक्त खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ तर ती दुवै देशमा परीक्षण स्थगित गरिएको छैन।

इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले मङ्गलवार त्यहाँ सिनोभाकको खोपको परीक्षण ‘सहज रूपमा अघि बढेको’ बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कोभासले स्थानीय सञ्चारमाध्यमलाई परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको बताएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस